अबको केही वर्ष भित्र नेपालबाट लोडसेडिङ्गको नै अन्त्य हुन्छ

0

जनार्दन शर्मा ‘प्रभाकर’
ऊर्जा मन्त्री

वर्तमान गठबन्धन सरकारमा चर्चामा रहेका मन्त्रीहरु मध्य प्रमुख हुनुहुन्छ ऊर्जा मन्त्री जनार्दन शर्मा । तत्काल कसैले कल्पना नगरेको लोडसेडिङको अन्त्यका कारण उनी चर्चामा आएका हुन् । देशमा लामो समयदेखि भइरहेको लोडसेडिङलाई केही ठूला शहरहरूमा एकाएक अन्त्य गर्न सफल भएका मन्त्री शर्माको सफलतामा बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको व्यावस्थापकिय क्षमाताको ठुलो साथ र सहयोग रहेको छ । उर्जा मन्त्रालय यतिबेला ‘नेपालको पानी, जनताको लगानी’ भन्ने मुल नारा लिएर उज्यालो नेपालको अभियानमा अगाडि बढेको छ । नेपालमा ऊर्जा क्षेत्रको विकासको सम्भावना, मन्त्रालयको योजनाहरूको बारेमा केन्द्रित रहेर हामिले ऊर्जा मन्त्री जनार्दन शर्मासंग कुराकानी गरेका छौ । प्रस्तुत छ, विश्वदीप साप्ताहिककालागि मन्त्री शर्मासंग गरिएको कुराकानीको सम्पादित अंशः

उर्जा संकट समाधानकोलागि के कस्ता प्रयासहरु गरिरहनु भएको छ ?
देश अहिले उर्जा संकटको समाधानको अवस्थामा अगाडि बढ्दैछ । हामीसंग भएको स्रोत साधनको अधिकतम प्रयोग गरेका छौं । सुधार, मर्मत, अपग्रेड गर्ने देखि लिएर उत्पादन गर्ने सबै प्रकारका कामहरु भइराखेका छन् । अनि उत्पादनको सही तालिका मिलाउने देखि वितरणको व्यवस्थामा मिलाउने काम गरिराखेका छौं । अहिले राष्ट्रलाई जति आवश्यक पर्ने हो, त्यो हामीसंग छैन । समस्या कहा निर छ भने नेपाललाई उर्जा धेरै चाहिदैन भन्ने समस्याले ठूलो जड रुप लिएको छ । अर्को धेरै उत्पादन गरे पछि यसको बजार छैन । हामीले कहा के गर्ने भन्ने ठूलो चिन्ता रहेको छ । यस्तो भ्रमलाई हामीले बिस्तारै चिर्दै छौं । आम नेपालीलाई उर्जाको सबैभन्दा ठूलो बजार हामी नै हौं भन्ने काम गरेर देखाउनु र बुझाउन आवश्यक पनि छ । नेपालको उद्योग धन्दा, कलकारखाना, अस्पताल, शिक्षा क्षेत्र, पर्यटन क्षेत्र, कृषि आदि पनि यसको बजार हो । हामीले अहिले भोग्नु परेको उर्जाको समस्या भनेको दीर्घकालीन भविष्य उर्जामा नदेख्नुको कारणले गर्दा नै हो । त्यसैले गर्दा हामीले अहिले सन् २०४० सम्मको योजना तर्जुमा पनि गरेका छौं । नेपालको लागि जलाशययुक्त हाइड्रो पावर बनाउन पनि सकिने हुदा हामीले त्यतातर्फ पनि ध्यान केन्द्रित गरेर कामहरु अगाडि बढाएका छौं ।
तपाई उर्जा मन्त्रालयमा आउनु भन्दा अघि र अहिलेको अवस्थामा के फरक छ ?
यसको लागि मैले भन्नु भन्दा पनि आम नेपाली जनताले भन्ने छन् । किनभने हिजोका दिनमा नेपालको राजधानीलाई १७÷१८ घण्टासम्म लोडसेडिङ्ग कसले गरेको थियो, अहिले मैले के गरेको छु । त्यसैले यस बारेमा मैले त्यति भन्नुभन्दा पनि मैले अहिले गरि राखेको कामबाट नै प्रष्ट हुन्छ । हो, मैले त्यस्तो चमत्कार नै आकाश नै खसिहाल्ने काम गरेको छैन मात्र नेपाली जनतालाई विजुली प्रदान गरेको छु । त्यसैले पहिलाको कुरामा र अहिलेको कुरा भन्नु भन्दा पनि मेरो काम हेरेर नै प्रमाणित हुन्छ । मेरो कामबाट आम नागरिकले यसको जवाफ दिने भइसकेका छन् । म तपाईको पत्रिका मार्फत पनि भन्छु आम नेपालीलाई म विजुली प्रदान गर्छु । अबको केही वर्ष भित्र नेपालमा लोडसेडिङ्गको नै अन्त्य हुन्छ । लोडसेडिङ्गको नाम नै नेपालबाट हराएर जानेछ । आम नेपालीले आफूले चाहेको मात्रामा विजुली उपभोग गर्न पाउने छन् ।
तपाई उर्जा मन्त्री भएर आएपछि कति मेगावाट विजुली भारतबाट आयात गरिएको छ ?
म आएपछि ४० मेगावाट विजुली भारतवाट थप आयात गरिएको हो । मैले गरेको काम भनेको पुरानो मर्मत तथा सम्भार र व्यवस्थित तरीकाले वितरण नै हो । त्यसैले म भन्छु कि पहिला हाम्रो पुरानो अवस्था के कस्तो अवस्थामा रहेको छ । त्यसबाट अबका दिनमा के गर्न सकिन्छ भन्ने अध्ययन गरेर मात्र आयातको बारेमा सोच्नुपर्ने हुन्छ । कुनै ठाउमा मर्मत गर्दा अरु थप केही मात्रामा हामीलाई विजुली आउने हुन्छ कि वा वितरण गर्ने व्यवस्थामा केही परिवर्तन गरेर मिलाउन सकिने हुन्छ भनेर सबै कुराहरुको अध्ययन पश्चात मात्र आयातको बाटो जानु पर्ने हुन्छ । हचुवाको भरमा आयात गर्ने तर्पm मात्र सोच्नु गलत कुरा हो । हामिले त्यस्तो गर्नु हुन्न ।
तपाईले त भारतबाट बिजुली आयातलाई थप प्रोत्साहन दिएको आरोप नि ?
यो नबुझ्नेहरुले गर्ने हावादारी कुरा मात्र हो । मैले घोषणा गरेको कुरामा त्यस्तो भनिएको छैन । त्यस्तो हावादारी कुरा कि नबुझेर भनिएको हुनुुपर्छ कि त हिजोको दिनमा नेपाललाई अँध्यारोमा राख्नेहरुले गरेको हुुनुपर्दछ । हामीले घोषणापत्र मार्फत के भनेका हौ भने आयातमा होइन उत्पादनमा जोड दिनुपर्छ भनेका हौं । हावादारी तरीकाले पढ्ने होइन कि गम्भिर भएर जसले पढ्छ त्यसैले नै थाहा पाउछ कि आयातमा होइन उत्पादनमा जोड दिएको रहेछ भनेर । जलाशय युक्त आयोजनाको कुरा उत्पादनको कुरा हो, प्रसारण लाइनको कुरा पनि उत्पादनको कुरा नै हो । त्यसैले म भन्छु कि मैले उत्पादनलाई मात्रै जोड दिएर कुराहरु गरेको छु । आयातको कुरा त केही समयको लागि मात्र गरिन्छ । हामीले गर्ने भनेको उत्पादन नै हो ।
साना–साना हाइड्रोमा भन्दा पनि ठूलो हाइड्रोमा के कस्तो भइराखेको छ ?
मैले भनि सकेको छु, नेपाल विद्युत प्राधिकरण मार्फत बन्दै गरेको अरुण ठूलो योजना नै हो । दूधकोशी, तमोर, उत्तरगंगा आदि । जेनेरेशन कम्पनी मार्फत नरसिंहघाट, भेरी र सारदा, नौमुरे, बुढीगण्डकी, सुनकोशी अरुण, लगायतकाहरु ठूलो योजनाहरु नै हुन् । हामीले स–सानादेखि धेरै ठूलो योजनाहरु पनि अगाडि बढाई राखेका छौं । सरकार मातहतबाट बन्ने योजनाहरुमा हामी सानोमा भन्दा पनि ठूलो योजनाहरुमा लाग्छौ र लागि राखेका छौं । त्यसैले अबका दिनहरुमा हामीले ठूलो योजनाहरु मर्फत विद्युत उत्पादन गरि विक्री वितरण गर्ने सम्मको सोच राखि कामहरु अगाडि बढाइ राखेका छौं ।
उपत्यका लगायतको बाहिरी जिल्लाहरुमा पनि लोडसेडिङ्ग अन्त्य हुदै गएको छ । यो तपाईले भने जस्तो ४० मेगाबाट मात्र आयात गरेर कसरी सम्भव भयो ?
व्यवस्थापकिय कुरा यसको मूलभूत कुरा हो । हामीसंग भएको स्रोत साधनलाई नियम सम्मत तरीकाले परिचालन गरेर नै यो कुरा संभव भएको हो । वितरणको कुरा गर्दा पनि समान तरिकाले गर्नुपर्ने हुन्छ । हिजोका दिनमा केही ठाउमा अपुग भएको र केही ठाउमा बढी भइराखेको थियो । मैले आएर सबैभन्दा पहिला यसको मूल जरो पत्ता लगाएर उचित तरीकाले वितरण गर्ने काम गरेको हु । अनि अर्को हामीले पावर जनेरेट भइराखेको ठाउहरुमा फुल क्यापासिटी कसरी गर्न सकिन्छ भन्ने मूल नीति लिएका छौं । धेरै उत्पादन हुने ठाउहरुमा हिजोको दिनहरुमा थोरै उत्पादन गरिन्थ्यो अहिले हामीले त्यसो गर्न दिएका छैनौं । अनि अहिले नेपालमा पनि केही मेगावाट विद्युत उत्पादन भइ ४०÷५० मेगावाटको हाराहारीमा जोडिएको छ । त्यसले गर्दा पनि अलि सहज भएको छ । यसले गर्दा पनि १७÷१८ घण्टासम्म भोगेको लोडसेडिङ्ग अहिले ठूला सहरहरुमा अन्त्य जस्तो भएका छन् । यी सबै कुराहरु केही उत्पादन र अर्को उचित व्यवस्थापनबाट नै सम्भव भएको हो । हामीले यो धेरै भन्दा धेरै अप्ठेरो तरिकाले मिलाएका छौं । त्यसैले गर्दा कहिलेकाही २÷३ घण्टा बत्ती जाने हुन्छ, यो लोडसेडिङ्ग होइन हाम्रो सिस्टम मिलाउदा र अन्य प्राविधिक केही कामहरु गर्नु पर्ने भएकाले हो । हामीले धेरै जटिल प्रक्रियाबाट उचित व्यवस्थापन गरि राखेका छौं ।
४० मेगावाट आयात र केही उत्पादनले मात्र नेपालको ठूला सहरहरुमा लोडसेडिङ्गको अन्त्य सम्भव भएको हो त ?
हो, तपाईले सही प्रश्न गर्नुभयो । ४० मेगावाट आयात र केही उत्पादनले मात्र लोडसेडिङ्गको अन्त्य सम्भव थिएन । त्यसैले गर्दा मर्मत, सुधार, अपग्रेड आदि कुराहरु नै मुख्य कुराहरु हो । सबैभन्दा प्रधान कुरा त मर्मत नै हुन्छ । केही ठाउमा मर्मत गर्नाले हामीले ठूलो राहत पाउने हुन्छ किनभने त्यस मार्फत पनि बिजुली आउने हुन्छ । अर्को कुरा उचित र समान दृष्टिकोणबाट वितरण नहुनु नै हो । म आएपछि सबैभन्दा पहिला उचित व्यवस्थापन गरि वितरण गर्ने कुरा नै प्रधान ठानेर काम गरिराखेको छु । त्यसैले प्रतिफल आज ठुला सहरहरुमा लोडसेडिङ्ग अन्त्य जस्तै भएका हुन् । अर्को कुरा हिजोको दिनमा मर्मत सम्भारको काम कुनै पनि गरिएन किनभने सोझा नेपाली जनतालाई लोडसेडिङ्ग गरे पुगि हाल्थ्यो । जनतालाई सेवा दिने भन्दा पनि व्यक्तिगत फाइदा कताबाट कसरी हुन्छ भन्ने थियो त्यसैले काम गरिएन । यो लोडसेडिङ्गको अन्त्यको कुरा कुनै जादु गरेर भएको होइन । काम गर्ने इच्छा शक्तिको कारणबाट नै भएको हो । जनताको काम गर्छु भनेर आइसके पछि काम गर्नु पर्ने हुन्छ ।
विदेशी कम्पनीहरुले हाइड्रोमा लगानी गर्ने वातावरण के–कस्तो रहेको छ ?
सबैभन्दा पहिलो प्राथमिकता त नेपालीलाई नै हुन्छ । नेपालीहरुले के–कति लगानी गर्न सक्छन् । त्यसैले हामीले उर्जा मन्त्रालय मार्फत वेवसाइट नै निर्माण गरि हामी नेपालीले के कति लगानी गर्न सकिन्छ भनेर वेवासाइट मार्फत लगानीको वातावरण सिर्जना गरि पैसा संकलन पनि भइरहेको छ । हामी उर्जा क्षेत्रमा लगानी गर्न सक्छौं । अनि नेपालको नीजि क्षेत्रहरुको लगानी गर्न क्षमता कति छ त्यो पनि हेर्छाैं । नेपालको सम्पूर्ण लगानी गर्न सक्नेहरुलाई पहिलो अवसर दिन्छ । त्यसले पनि पुग्दैन अनि मात्र विदेशी कम्पनीहरुलाई बोलाउछौ । नेपाल हितमा, नेपालको उर्जा क्षेत्रको समस्या अन्त्य गर्न निमित्त उनिहरुहरुलाई निम्ताउछौं । सबैभन्दा पहिला नेपालीलाई दिन्छौं, अनि मात्र विदेशी कम्पनीहरु बोलाउछौं । विदेशी कम्पनीहरुले काम गर्दा नेपाललाई फाइदा हुने, हित हुने गरि गर्नुपर्ने हुन्छ । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न धेरै विदेशी कम्पनीहरु आतुर छन् । उनीहरुको लगानीको पनि ग्यारेन्टी हामी गर्छौ । राम्रो नै वातावरण छ तर आफ्नो हितमा काम गर्ने र नेपाललाई अहित हुने कामको लागि भने हामी त्यस्ता कम्पनीहरुलाई फिर्ता पनि पठाउछौं ।
हामी विद्युत उत्पादन गरी विक्री वितरण गर्ने अवस्थामा कहिले पुग्छौं ?
हामी उर्जा व्यापार कम्पनी गठन गर्दैछौ । उर्जा व्यापार कम्पनीले किन्ने हो । यी सबै क्षेत्रमा कसलाई के कति आवश्यक पर्ने हो । यस मार्फत नै उपलब्ध गराउने हुन्छ । देशका घर÷घरमा भन्दा पनि देशमा कहा कुन उद्योगहरुलाई कति विजुली आवश्यक पर्ने सबैको जानकारी लिइ त्यहा विजुली पु¥याउने काम कम्पनीको नै हुन्छ । अनि प्राधिकरणलाई के कति आवश्यक पर्छ । त्यसलाई पनि उपलब्ध गराउने काम कम्पनीको नै हुन्छ । विद्युत भनेको बस्तु हो । बस्तु किनबेच हुन्छ । अहिले हामी किनिराखेका छौं । भोलिका दिनमा हामी सस्तोमा दिन सक्ने हो भने यो विक्री हुन्छ । यो यस्तो बस्तु हामीलाई विक्री गर्नु भन्दा खपत गर्नु जरुरी छ । खपत हामीले जति गर्न सक्यो त्यति देशको विकास हुन्छ । देशको विकासको निम्ति विद्युत खपत जरुरी हुन्छ । देशलाई औद्योगीकरण गर्नुपर्छ । त्यसैले गर्दा हामीलाई नै धेरै विद्युत आवश्यक पर्ने हुन्छ । मानिसको आय बृद्धि गर्नको लागि सबैभन्दा पहिला औद्योगिकरण हुनु पर्दछ ।

Share.

Leave A Reply