अभिषेक र ऐश्वर्या फेरि एक साथ फिल्ममा आउने

0

वास्तविक जीवनमा श्रीमान श्रीमती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फेरि एक साथ फिल्मी पर्दामा देखिने भएका छन् । सन् २०१० मा रावणमा एक साथ देखा परेदेखि यिनीहरु एक साथ आएका छैनन् ।
तर हालै भारतीय सञ्चार माध्यमहरुमा आएको रिपोर्ट अनुसार ७ बर्ष पछि अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फेरि एक साथ आउने भएका छन् । यस फिल्मको नाम गुलाब जामुन रहेको छ फिल्मको निर्माण अनुराग कश्यपको पैmटम फिल्म्सले गर्दैछ ।
यस भन्दा पूर्व अभिषेक र ऐश्वर्याले एक साथ सात फिल्महरुमा काम गरिसकेका छन् । अभिषेक र ऐश्वर्याले एक साथ गरेका फिल्महरु हुन ढाइ अक्षर प्रेम के, कुछ ना कहो, उमराव जान, धूम २, गुरु, सरकार राज र रावण हुन् । अर्को एक खबर अनसार गौरांग दोषी पनि अमिताभ, अभिषेक र ऐश्वर्यालाई लिएर फिल्म बनाउदैछन् । गौरागका अनुसार हैप्पी एनीबर्सरी नामको यस फिल्ममा काम सुरु भइसकेको छ ।

Share.

Leave A Reply