अमेरिकामाथि सबभन्दा बढी ऋण

0

के तपाईलाई थाहा छ विश्वको सर्वाधिक शक्तिशाली र धनी देश अमेरिका माथि सबभन्दा बढी ऋण छ । हालै प्रकाशमा आएको एक रिपोर्ट अनुसार सबभन्दा बढी कर्जामा रहेको मुलुक अमेरिका हो जसमाथि १९ लाख करोड यू.एस. डलरको ऋण छ ।
यसैगरी दोस्रो सबभन्दा बढी कर्जामा रहेको मुलुक जापान हो । जापानमाथि ८.९ लाख करोड यु.एस. डलरको कर्जा रहेको छ ।
तिब्र विकास दरका साथ विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको चीन यस श्रेणीमा तेस्रो नम्बरमा रहेको छ । चीनमाथि ५ लाख यु.एस. डलरको कर्जा रहेको छ ।
सबभन्दा बढी कर्जा हुने चौथो देश पनि विश्वको समृद्ध देशमा दरिएको ब्रिटेन रहेको छ । ब्रिटेन माथि २ लाख यु.एस. डलरको कर्जा रहेको छ ।
जबकी विश्वमा केही यस्ता देशहरु पनि जो पूर्णतया कर्जामुक्त रहेका छन् । तर यस्ता सबै मुलुकहरु सानासाना मुलुकहरु छन् । जस्तो मकाउ, ब्रुनाई, पलाउ, लिंचेस्टाइन, ब्रिटीश बर्जिन आइलैण्ड आदि ।

Share.

Leave A Reply