आतंकवादस“ग नजिकिदै परमाणु खतरा

0

गोविन्द
निकै पहिलादेखि जुन कुराको आशंका थियो त्यो यताका दिनमा सत्य प्रमाणित हुने संकेत देखिन थालेको छ । पाकिस्तान समर्थित आतंकवादीहरु तथा अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अलकायदा एवं तालिवानहरु अब परम्परागत हतियारका अतिरिक्त परमाणु हतियार पनि प्राप्त गर्न प्रयासरत छन् । हालै अमेरिकी गुप्तचर संस्थाहरुले समेत यस्तो आशंका व्यक्त गर्नुले यो प्रसंग झन गम्भीर बनेको छ ।
केही समय पूर्व उज्वेकिस्तानका सीमा अधिकारीहरुले अत्यन्तै उच्च रेडियोधर्मी सक्रिय सामग्रीका दस वटा कन्टेनर बरामद गरेका थिए । उक्त सामग्री पाकिस्तानतर्पm तस्करी गर्न लागिएको थियो । यिनीहरुमा रेडिएशन बमको चिन्ह थियो । वाशिंगटन टाइम्समा त्यतिबेला कार्यरत स्टीपन ब्रायनका अनुसार यी बमहरु पश्चिम एशियामा प्रयोग हुन सक्दथ्यो । यिनीहरुको प्रयोग भारतीय उपमहाद्धीपमा पनि हुन सक्थ्यो ।
सबैभन्दा पहिले परमाणु सामग्रीको तस्करीको खबर न्युयोर्क टाइम्सले दिएको थियो । उसले जफत गरिएको सामग्रीको उपयोग परमाणुबम बनाउनमा हुन सक्ने बताएको थियो । उक्त रेडियोधर्मी सामग्री एउटा इरानी ट्रकमा लगिदै थियो । ट्रक ड्राइभरले काजकिस्तानदेखि तुर्कमेनिस्तान ह“ुदै इरान र पाकिस्तान लैजान लागेको बताएका थिए । ब्रायनले बैज्ञानिकहरुलाई उदृत गर्दै तस्करीका ती बम अति उच्च रेडियोधर्मी सक्रिय तत्वबाट बनाइएको रहस्योद्घाटन गरेका थिए । जस अनुसार पाकिस्तानलाई आप्mनो परमाणु कार्यक्रमका लागि यस प्रकार कामको आवश्यकता थिएन । तर उसले आप्mना लागि वा इरानका लागि विकिरणयुक्त बम निर्माण गर्ने काम गरिरहेको थियो । इस्लामिक आतंकवादीहरु एक सूटकेसमा अत्याधिक रेडियो विकिरण सक्रिय हतियारसहित फिदाइन (धार्मिक आत्मघाती) बन्न सक्छन् भन्ने कुराका अनेकौ उदाहरण छन् । यस किसिमिका आत्मघाती विस्फोटका सयौ घटना भइसकेका छन् । जेहोस, यी आतंकवादीहरु तथा परमाणु हतियार तस्करीका गतिविधिहरुमा तारतम्य रहेको तथा यसमा पाकिस्तानको कुनै न कुनै भुमिका रहेको घटनाक्रमले देखाएका छन् । तत्कालिन सोभियत संघको विभाजनपछि परमाणु हतियारका उपकरण तथा प्राविधिक ज्ञानको कालोबजारी निकै फस्टाएको कुरा सर्वबिदितै छ । परमाणु बम निर्माण गर्नमा प्रयोग हुने सयौ टन परमाणु सामग्री पूर्व सोभियत संघका विभिन्न स्थानमा सञ्चय गरिएका थिए । अहिलेसम्म यस्ता कैयन चोरीको पुष्टि भइसकेको छ । जसमा चोरिएका सामग्रीको उपयोग परमाणु बम बनाउनमा गरिएको थियो । केही यस्ता तयारी परमाणु हतियार पनि जम्मा गरिएका थिए । जसलाई सजिलै चोर्न तथा विस्फोट गर्न सकिन्थ्यो । सन् १९९४ मा स्वयं रुसी परमाणु उर्जा मन्त्रालयले के भनेको थियो भने उच्च समृद्ध परमाणु सामग्री ठूलो परिणाममा चोरी हुन सकछ । मे १९९३ मा लिथुआनियाली गुप्तचरहरुले अत्यन्त हलुंगो धातुका २७ वटा बाक्स बरामद गरेका थिए । जसमा चार हजारकिलोग्राम ब्यारीलियम थियो । ब्यारीलियम इस्पात भन्दा पनि बलियो हुन्छ । यसको प्रयोग प्रक्ष्येपास्त्र तथा सैनिक विमानहरुको निर्माणमा हुन्छ । यति मात्र नभई यसका विशेष गुणका कारण यसलाई परमाणु हतियारको उत्पादन तथा परमाणु संयन्नत्रहरुको उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ । मे १९९७ मा रुसी एक जनरलले रुस भ्रमणमा आएको अमेरिकी कंग्रेसका एक प्रतिनिधि मण्डलस“ग भनेका थिए, पूर्व सोभियत अस्त्रागारमा जम्मा गरिएका साना परमाणु अस्त्रका रुपमा रहेका एक सय बत्तीस थान सुटकेस बमहरुमध्ये केवल अठचालिस थान भेटिए शेष चौरासीको पत्ता नै लागेन । अहिले ती जनरलको भनाइले गम्भीर प्रश्न उब्जाएका छन् ।
आज संसारमा आतंकवाद र हतियार तस्करीको जे जस्तो स्थिति छ, जे गर्दा पनि नियन्त्रण हुनुको साटो झन बढ्दै गइरहेको छ । यदि सामान्य शक्तिको एक टनको परमाणुु बम कुनै ठूलो व्यापारिक क्षेत्रमा खसालियो भने त्यसबाट तीन सय फुट ब्यासको अग्नि गोला बन्ने र सारा क्षेत्र ध्वस्त हुने तथा त्यस वरिपरि रहेका बीस हजारभन्दा बढी मानिसको तत्काल मृत्य ुहुने एवं हजारों मानिस दीर्घकािलन गम्भीर शारीरिक समस्याबाट ग्रस्त हुनेछन् । यस्तो गतिविधि गर्न सक्नु आतंकवादीहरुका लागि असम्भव रहन सकेको छैन । आइएस (इस्लामिक स्टेट) को विस्तारले यसको स्पष्ट चेतावनी दिइरहेको छ ।
अलकायदाद्धारा अमेरिकामाथि सेप्टेम्बर ११ मा गरिएको आतंकवादी हवाई आक्रमण र कतिपय अमेरिकी राजदूताबासलाई बम विस्फोटबाट ध्वस्त पार्न सक्नु यसको उदाहरणका लागि पर्याप्त छ । यता अनेकौ अध्ययन अनुसन्धानबाट आतंकवादी गुटहरुले परमाणु, रासायनिक तथा जैविक हतियारहरु प्रयोग गर्न सक्ने कुरा खुल्ने गरेको छ । यी आतंकवादीहरु धार्मिक कट्टरपन्थबाट ग्रस्त छन् । यसमा अधिकांशलाई पाकिस्तानको समर्थन र सहयोग प्राप्त भइरहेको यथार्थ सर्वविदितै छ ।
इराक र इरानको उदाहरणले सामुहिक नरसहारका हतियारहरुमाथि रोक लगाउन कति कठिन रहेको छ भन्ने पाठ सिकाउ“छ । प्रविधिको प्रगति र इन्टरनेट जस्ता सुविधाहरुले आतंकवादीहरुबाट खतरा अभैm बढाएको छ । यो खतरा सबैभन्दा बढी पाकिस्तानबाट नै छ । किनभने अधिकांश इस्लामिक आतंकवादी संगठनहरुको जन्मदाता र पृष्ठपोषक पाकिस्तान नै रहेको खुलासा दर्जनौ पटक भइसकेको छ । अहिले पनि पाकिस्तानी सैन्य गुप्तचर संस्था आइएसआइले अलकायदा, लश्करे तैयबा जस्ता आतंकवादी संगठनहरुको पृष्ठपोषण गरिने नै रहेको छ । तालिवानस“ग उसको भित्री सा“ठगा“ठ रहेको घाम जस्तै छर्लङ रहेको नै छ । अतः यस तितो सत्यलाई अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्तिहरुले समयमै बुझेनन् भने समग्र मावीयताले ठूलो क्षति बेहोर्नु पर्ने निश्चित छ ।

Share.

Leave A Reply