इस्लामको परिभाषा आपूm खुशी गर्नु धर्म विपरित

0

गोविन्द
बिनाशकारी सोचबाट चालिएको कदम अन्तत आप्mनै लागि पनि अनिष्टको कारक बन्न पुग्छ । यसको गतिलो उदाहरण पाकिस्तानको अहिलेको अशान्ति बनेको छ । इस्लामिक आतंकवादलाई हुर्काउने र बलियो बनाउनेहरुले यसबाट आप्mनै समुदायको यसरी बिनाश हुनेछ भन्ने कल्पना गरेका थिएनन् होला । आज अनेकौ मुस्लिम राष्ट्र यसको भूमरीमा फसेका छन् । स्वयं पाकिस्तानमा हत्या हिंसा, आत्मघाती बम विस्फोटदेखि बालबालिका हत्यासम्मका अमानबीय गतिविधि बढ्दै गएका छन् । अमेरिका बेलायतलगायत पश्चिमी राष्ट्रहरुका साथै संयुक्त राट्र संघ पनि आतंकवादस“ग लड्न यसलाई नियन्त्रण गर्न दिनहु“ नयानया“ नीति बनाउन व्यस्त छन् तर बिडम्बना के छ भने आज पनि पाकिस्तानमा कईैं आतकवादी शिविर सञ्चालनमा रहेका छन् । पाकिस्तानका युवालाई शान्तिको बाटोमा अग्रसर गर्न प्रभावकारी नीति बनाउनेतर्पm पाकिस्तानी शासकहरु अभैm पनि गम्भीर नहु“दा यस दुरावस्थाको अन्त्य हुने आशा गर्न सकिदैन । त्यहा“का छात्रछात्राहरुको मनमस्तिष्कबाट धार्मिक कट्टरताप्रतिको आकर्षण न्युन पारेर प्रगति तथा सम्बृद्धितर्पm जनजीवनलाई अगाडि बढाउनकालागि प्रेरित गर्नु आवश्यक छ तर यसतर्पm त्यहा“को कुनै सरकारी निकाय गम्भीर भएको आभास पाइदैन ।
आतकवादको प्रशिक्षण शिविरबाट निस्केका हजारौं युवा पाकिस्तानबाट अन्य मुस्लिम राष्ट्रमा पैmलिए जसको दुृष्परिणाम स्वरुप आज कयौं मुस्लिम बहुल राष्ट्र इस्लामिक आतंकवादबाट ग्रस्त भएका छन । ती मुलुकहरुको विकास निर्माण ठप्प छ । दिनहु“ युद्ध भइरहेको छ, हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । बालबालिका र बृद्धबृद्धासहित परिवार विस्थापित भइरहेका छन् । योे क्रम रोकिने कुनै लक्षण देखिदैन । सीमापारी घुसपैठ, खतरनाक हतियारहरुको अबैध आपूर्ति, आतंकवाद, जासुसी, तस्करीबाट अशान्ति पैmलाउनु अहिले पाकिस्तानमा साधारण क्रियाकलाप बनेको छ । त्यहा“का सर्वसाधारण यसको अभ्यस्त भइसकेका छन् । उनीहरुले यस समस्यालाई उपचारबिहीन रोग जस्तै मान्न थालेका छ्न । अबैध हतियारहरु बजारमा खुलेआम खरिद बिक्री हुन्छ ।
विगत करिब अढाई वर्षदेखि किशोर र युवालाई सोभैm जन्नत प्राप्त हुने आकर्षण देखाएर पाकिस्तानका हजारौं मदरसामा निर्दयता आत्मघात र आतंकवादको पाठ पढाइदैछ । आश्चर्यको कुरा के छ भने सरकारस“ग यी मदरसाहरुको आधिकारिक संख्याको यकिन विवरण पनि छैन । यसबाट सजिलै बुझ्न सकिन्छ कि सरकारको यिनीहरुमाथि कुनै नियन्त्रण छैन । लाखौं छात्रछात्रा यस्ता मदरसामा शिक्षा र तालिम लिइरहेका छन् । उनीहरुलाई कुरानको अपब्याख्या गरेर ज्ञानका नाममा आप्mनो निहीत स्वार्थ अनुकुलको शिक्षा दिइन्छ । यसैगरी व्यवहारिक प्रशिक्षण अन्तर्गत विभिन्न हतियार चलाउन सिकाइन्छ । यी लाखौं किशोर र युवाले भविष्यमा के कस्ता पेशा अपनाउने छन् ? विगतमा यस्तै शिक्षा र तालिम लिएकाहरु आज आतंकवादमा होमिएर जत्रतत्र पैmलिएका छन् । अब हतियारको प्रशिक्षण लिएकाहरु के सेनामा जान्छन् ? यस सम्भावनामा पनि उनीहरु समक्ष दुई ठूला बाधा छन् । पहिलो के भने यिनीहरुको संख्या झनझन बढदो छ । सेनामा यी सबैलाई अटाउन सकिदैन । पहिलैदेखि यति ठूलो फौजको आकार रहेकोलाई अझ बढाइएमा पाकिस्तानी जर्जर अर्थ व्यवस्था ढल्ने खतरा छ । अर्को बाधा के छ भने सेनामा केवल धार्मिक कट्टरपन्थीको जत्थालाई राख्न सकिदैन । त्यसमा इन्जिनियर, डाक्टरलगायत अन्य प्राविधिक र प्रबन्ध विशेषज्ञहरुको पनि आवश्यकता पर्छ । त्यसकारण मदरसामा प्रशिक्षित यी जमात सोभैm आतंकवादको बाटोमा लाग्छ र लागिरहेको छ । त्यही भएर त जति प्रयास गरिए पनि आतंकवादीहरुको संख्ई घटनुको साटो बढी नै रहेको छ । यिनीहरुको प्रयोग अन्तर्राष्ट्रिय क्षेत्रहरुमा पठाएर इस्लामको नाममा जेहाद सञ्चालन गर्नमा हुने गर्छ । अमेरिकी स्याटेलाइटबाट खिचिएको पाकिस्तानस्थित आतंकवाद प्रशिक्षण केन्द्रको तस्वीरले केही समय पूर्व ठूलो हल्ली खल्ली मच्चाएको थियो । यी कट्टरपन्थी छात्रछात्राले गर्दा पाकिस्तानको अर्थ व्यवस्थामा एउटा अर्को नराम्रो असर परिरहेको छ । त्यो के भने त्यस मुलुकमा व्यवसायिक जनशक्तिको अभाव हुदै गएको छ र अर्थ व्यवस्थाले सेना तथा सर्वसाधारण जनताको व्ययभार बहन गर्न सकिरहेको छैन । यस परिवेशमा व्यवसायिक शिक्षा दिने प्रतिष्ठानहरुको संख्या निकै कम रहेको छ ।
तालिवानको जन्म पाकिस्तानी मदरसाहरुबाटै भएको थियो । यो पनि एउटा कटु सत्य हो । आज पनि तालिवानका नया रिक्रुट पाकिस्तानबाटै भर्ती हुन्छन् । पाकिस्तानी सेना र सशस्त्र सुरक्षा निकाय पनि भावनात्मक द्धिविधामा झुन्डिरहेका छन् । चीन र रुसका बीच बढ्दो मित्रताका कारण मध्य एसियाली गणराज्यहरु पकिस्तानदेखि टाढा हुदै गएका छन् । चीनका कयौं प्रान्तमा इस्लामिक आतंकवादले शिर ठाडो पारिरहेको हु“दा अब ऊ पनि पाकिस्तानमाथि पहिले जस्तो विश्वास गर्ने स्थितिमा छैन । पाकिस्तानका दर्जनौ धार्मिक कट्टरपन्थी संगठनले विश्वभरी नै इस्लामिक आतंकवाद पैmलाउने गतिविधि गरिरहेको यथार्थ चीनले नबुझेको होइन । ती संगठनहरुका आप्mनै स्वार्थ रहेका छन् र उनीहरुले इस्लामको परिभाषा पनि आप्mनै स्वार्थ अनुसार गर्दछन् । उनीहरुमाथि नियन्त्रण गर्न इमान्दार प्रईस सरकारले गर्न खोजे पनि सम्भव देखिदैन । उनीहरुकै कारण अहिले राष्ट्रका रुपमा पाकिस्तानको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ । यो वास्तविकता वर्तमान सरकारले पनि बुझेकै हुनुपर्छ । तर निश्चित नीति बनाउन सरकारलाई फलामको च्यूरा चपाउने जस्तै भएको छ । त्यसैले कुनै साता उनीहरुस“ग वार्तामा जोड दिइन्छ भने त्यसको दोस्रो साता नै उनीहरुमाथि भीषण सैनिक कारवाही गरिन्छ ।

Share.

Leave A Reply