एन्टी एजिङ्ग खानेकुरा

0

प्रत्येक महिला तथा पुरुषको एउटै चाहना हुन्छ सकेसम्म युवा देखिनु । तर तनावपूर्ण जीवन शैली, प्रदुषण गलत खानपान आदिका कारणले कतिपय महिला तथा पुरुष समय भन्दा अगाडि बृद्ध देखिन थाल्छन् र यस्तो देखिनुको प्रमुख कारण हुन्छ छाला चाउरिनु । वास्तवमा सही खानपान र जीवनशैली भए छाला लामो समयसम्म सुन्दर र जवान रहि रहन्छ । अनेक सोधहरुले प्रमाणित गरिसकेको छ कि फलहरुका अतिरिक्त यस्ता अनेक खानेकुरा छन् जुन खानेकुरामा एन्टी एजिङ्ग प्रयाप्त मात्रामा पाइन्छ । यहाँ यस्तै केही खानेकुरा बारे बताइएको छ ।
एबोकाडो : एबोकाडोमा भिटामीन इ प्रयाप्त मात्रामा पाइन्छ । यसको अतिरिक्त ऐबोकाडोमा पाइने एन्टी आक्सिडेन्ट छालाको लागि अत्यन्तै लाभदायक हुन्छ एबोकाडोले स्किन सेललाई रिजनरेट गर्छ जसले गर्दा छालामा ताजापन आउछ र तपाई जवान देखिनु हुन्छ ।
किडनी विन्स : राजमा किडनी विन्समा फायबर र पोटेशियम प्रयाप्त मात्रामा हुन्छ । यसले शरीरको खराब कोलेस्ट्राललाई हटाउन मद्दत गर्छ । हार्टको बिमारीमा किडनी वीन निकै लाभदायक हुन्छ । सोधहरु अनुसार किडनी विन्स खानाले मुटु रोगको खतरा कैयौ गुणा कम हुन्छ । यसका अतिरिक्त किडनी विन्समा प्रयाप्त मात्रामा प्रोटिन हुन्छ जुन शरीरको लागि लाभदायक हुन्छ ।
डार्क चाकलेट : कुनै पनि चाकलेट जसमा ६० प्रतिशत कोको हुन्छ त्यो प्रोटिन र भिटामीन बीको राम्रो स्रोत हो यस्तो चाकलेट नियमित खानाले फैट जल्छ र छाला तथा कपालमा सुधार आउछ ।
ब्रोकली : ब्रोकली फायबर र भिटामीन सीको अत्यन्तै राम्रो स्रोत हो यसले तौल नियन्त्रणगर्नुका साथै मुटु रोगबाट पनि जोगाउँछ ।
ब्लुबेरी : ब्लुबेरीमा भिटामीन सी अत्याधिक मात्रामा पाइन्छ । यसबाट रक्तसञ्चार सहि हुन्छ । यसमा पोटेशियम पनि प्रयाप्त मात्रामा पाइन्छ ।

Share.

Leave A Reply