कार वा रेल ?

0

के तपाईले २६ पांग्रा भएको कार देख्नु भएको छ ? वास्तवमा २६ पांग्रा भएको सवारी साधनको चर्चा गर्ने बित्तिकै मानिसको दिमागमा सानो तिनो रेलको कल्पना आउ“छ । हुनपनि विश्वको सबभन्दा लामो कार २६ पांग्रा भएको ११० फिट लामो लियोजिम कार हो । यो कार अमेरिकाका एक व्यक्तिले आप्mनो शौखको लागि बनाएका छन् । कैलिफोर्नियाका कस्टम कार गुरु जे आर्हववर्गले विश्वको यो सबभन्दा लामो कार बनाएको हो । यस कारको नाम अमेरिकन ड्रीम राखिएको छ । यस कारको नाम द गिनिज बुक अफ वल्र्ड रेकर्डसमा पनि सामेल गरिएको छ । यस कारको मूल्य ४३.६६ करोड नेरु बराबर रहेको छ ।
यस गाडी भित्रै ड्राइभिङ बोर्ड, किङ्ग साइज वाटरबेड, लिविङ्ग रुम, दुईटा ड्राइवर रुम रहेकोछ । यस कारको विशेषता के पनि छ भने यसलाई बीचबाट टर्न गरेर चलाउन सकिन्छ । यसलाई अगाडि वा पछाडिबाट पनि ड्राइव गर्न सकिन्छ । यो कार अनेक फिल्महरुमा देखाइएको छ, यसलाई दुई भागमा पनि बाड्न सकिन्छ र दुई भागलाई ट्रकमा लोड गरेर एक ठाउ“बाट अर्को ठाउ“मा लान पनि सकिन्छ ।

Share.

Leave A Reply