गुरुयोजनाबाट मात्र समस्याको निकास

0

गोविन्द
अमेरिकालगायत पश्चिमी मुलुकहरु तथा अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले पाकिस्तानी जनताको जीवनस्तर माथि उठाउन डलरको खोलो नै बगाइरहेको धेरै समय भइसक्यो । तर त्यो सबै बालुवामा पानी खन्याए जस्तै भएको छ । पाकिस्तानका शासकहरुले जनताको जीवनस्तर उकास्नका लागि लगानी गर्नुभन्दा अस्त्रशस्त्र जम्मा गर्ने होडबाजीमा नै बजेट बिनियोजन गर्नु जनताप्रतिको अनुत्तरदायी व्यवहारको नमुना हो ।
पाकिस्तानी जनतालाई गरिबीको रेखामुनिबाट उकास्न त्यहाँका सैनिक शासकहरुले त केही गरेनन् नै तर तथाकथित लोकतान्त्रिक सरकारहरुबाट पनि केही नगरिनु पाकिस्तानी जनताको ठूलो दुर्भाग्य हो । दिन प्रतिदिन उनीहरुको जीवन दुष्कर बन्दै गएको छ । त्यहाँ दिनप्रतिदिन आतंकवाद र हिंसा बढदै जानुको एउटा कारण यो पनि हो । राजधानीमै स्थित अदालतमा आत्मघाती बम विस्फोट भएर हालै न्यायाधीश र वकिलसहित करिब दर्जन व्यक्तिको ज्यान गयो । यो भन्दा भयावह स्थिति अरु के हुन सकछ ?
पाकिस्तानी शासकहरु र सेनाका उच्च पदाधिकारीहरु अन्तर्राष्ट्रिय जगतबाट प्राप्त ऋण सहयोगका डलरमा आफ्नो शानशौकत बढाउँदै लगेको आरोप त्यही कै बुद्धिजीवीहरुले लगाउने गरेका छन् । सर्वसाधराण पाकिस्तानी जनताको जीवन गुजारा भने कठिन भएको छ । यसको एक उदाहरणका रुपमा डेनी केम्पको विश्लेषणलाई लिन सकिन्छ ।
डेनी केम्पले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमार्फत आफ्नो विश्लेषण यसरी सार्वजनिक गर्नुभएको छ । फरवरुज जमानको परिवारलाई यसअघिसम्म सरकारी तलबले खान पुग्दै आएको थियो । तर यस अवधिमा उहाँकी पत्नी आफ्नो सन्तानलाई गुणस्तरहीन खाद्यान्न र बिग्रेका फलफूल खुवाउन बाध्य हुनुहुन्छ । यो उहाँको रहर होइन, मूल्यबृद्धिबाट उब्जेको बाध्यता हो । जमानकै जस्ता लाखौं पाकिस्तानी परिवार यस्तो दुर्दशा भोग्न बाध्य छन् । आफैले जन्माएको इस्लामिक आतंकवादको सामना गर्दै आएको पाकिस्तान सामु गरिबीको मार अर्को ठूलो चुनौती बन्न पुगेको छ । खाद्यान्न, फलफूल र इन्धनमा पाकिस्तानी जनताले महंगीको ठूलो मार खेप्नु परेको छ । 
स्टक बजरमा निरन्तर गिरावट र मुद्रास्फितिले पाकिस्तानलाई थप आक्रान्त पार्ने गरेको छ । जमानले भन्नुभयो, हामी बिहान र राति चिया तथा पाउरोटी नै खान्छौ धेरैजसो । राम्रो खानाका लागि खर्च गर्ने पैसा नै पुग्दैन ।

Share.

Leave A Reply