चुनावमा सबैको सहभागिता सुनिश्चित हुनुपर्छ ः राजदूत रंजीत राय

0

नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । ‘चुनावमा नेपालका सबै दलको सहभागिता अनिवार्य आवश्यककता हो, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारत चुनावको कहिल्यै पनि विरोध गर्दैन, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउछ,’ तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत रायले रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा भने, ‘त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं, तर नेपालको चुनावमा सबैको सहभागिता सुनिश्चित हुनुपर्छ ।’
नेपाल सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन गरिरहेको पहलकदमी प्रशंसनीय रहेको बताउ“दै रायले चुनाव लोकतान्त्रिक अभ्यास भएकाले सबैलाई विश्वास र साथमै लिएर अघि बढ्दा भलो हुने धारणा पनि व्यक्त गरे ।
‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किनेमा भारत पूर्ण आशावादी छ,’ राजदूत रायले भने, ‘नेपाल–भारत सम्बन्ध शब्दमा वर्णन गर्न सकि“दैन, हाम्रो सरकार नबन्दै र देश बन्नुभन्दा पहिल्यैदेखि प्राचीन सम्बन्ध रहेको छ, जनस्तरको सम्बन्ध छ ।’
राजदूत रायले नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप मजबुत र आगामी दिन आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्नेमा जोड दिए । ‘नेपाल–भारत सम्बन्ध देश–देशबीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध हो,’ उनले भने, ‘नेपाल–भारत द्विपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१औं शताब्दीअनुसार द्विपक्षीय सम्बन्ध कसरी थप मजबुत बनाउने भन्ने हामीबीच चुनौती छन, त्यसतर्फ हामीले सोच्नुपर्छ ।’
नेपाल–भारत द्विपक्षीय सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिकका साथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्नेमा जोड दि“दै राजदूत रायले ‘अबको सम्बन्धको आधार नै आर्थिक एजेन्डा बनाउनुपर्छ, काधमा काध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा कसरी हि“ड्न सकिन्छ भनेर सोच्नुपर्छ ।’
पछिल्ला केही वर्षयता विकासका लागि धेरै पहल भइरहेको उल्लेख गर्दै रायले सडक सञ्जालका नयाका साथै पूराना परियोजना निर्माण कार्य जानकारी पनि दिए । ३४ अर्बको लागतमा महाकाली पुल निर्माण हुन गइरहेको बताउदै रायले महाकाली पुलसंगै १५ सडक निर्माण भइरहेको जानकारी दिए । पञ्चेश्वर परियोजनाले पूर्वाधार विकासमा ठूलो तरंग पैदा गर्ने विश्वासमेत उनले व्यक्त गरे ।
‘हालै हाम्रा रेलमन्त्री सुरेश प्रभु नेपाल आउनुभएको थियो, उहाले कोलकातादेखि काठमाडौं, दिल्लीदेखि काठमाडौंसम्म रेल सञ्चालन गर्न भारत तयार रहेको बताउनुभएको छ, यो निकै खुसीको कुरा हो,’ रायले भने, ‘यस्तै रेलवे कनेक्टिभिटीमार्फत नेपाल–भारत जोड्न जोडबनी टु विराटनगर, जयनगर–जनकपुर–बर्दिवासको परियोजनापनि चाडै सम्पन्न गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले पहलकदमी लिनुभएको छ ।’
राजदूत रायले हुलाकी राजमार्गका लागि पनि आफनो कार्यकालमा नया शिराबाट सुचारु गरेको जनाए । ‘यो परियोजनालाई लिएर धेरै गुनासा थिए, अब हुलाकी राजमार्ग बन्ने भएको छ, यसले पनि नेपाल–भारत सम्बन्धलाई जोड्नेछ,’ उनले भने, ‘काठमाडौं–बनारस, काठमाडौं–दिल्ली सीधा बस सेवा सुचारु नै छ ।’
अपर कर्णाली, अरुण तेस्रो परियोजना पनि अघि बढिरहेको उल्लेख गर्दै रायले ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको जानकारी दिए । रक्सौल र वीरगन्जमा छुट्टाछुट्टै १ सय ६५ एकड जमिनमा ‘इन्ट्रिगिटी चेक पोस्ट’ (आईसीपी) बनेको उल्लेख गर्दै उनले यो विश्वस्तरीय व्यापारिक केन्द्र बनेको बताए ।
आफनो कार्यकालमा नेपाल–भारत द्विपक्षीय प्रोजेक्ट कार्यान्वयनका लागि पहल गरेकोसमेत उनले स्पष्ट पारे । द्विपक्षीय सम्बन्धमा समय–समय केही समस्या पैदा हुनु स्वाभाविक भएको उल्लेख गर्दै राजदूत रायले थपे, ‘हामीबीचको सम्बन्धमा केही समस्या आउछन, यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेन्डमा अघि बढाउनुपर्छ ।’

Share.

Leave A Reply