जाली एलएलबी २ ले कमायो सय करोड

0

अक्षय कुमार अभिनित ‘जाली एलएलबी २’ ले पहिलो साता मै सय करोड भन्दा बढिको कमाइ गरेर आपूmलाई यस वर्षको ब्लक बस्टर फिल्म प्रमाणित गरेको छ । हुनत अधिकांश फिल्म समीक्षकहरुले फिल्मको तारिफ गरेका छन् र साथै फिल्ममा अक्षय कुमारको अभिनयको पनि जमेर तारिफ गरिएको छ ।
हुनपनि यताका वर्षहरुमा अक्षय कुमारले आपूmलाई बलिउडको सशक्त अभिनेताको रुपमा स्थापित गरेका छन् । लोकप्रिय स्टार त उनी छदैछन् जिनको प्रशंसकहरुको संख्या निकै ठूलो छ । वास्तवमा बलिउडका तीन खानहरुको स्टारडमबाट पनि अक्षय कुमारको स्टारडम कहिले प्रभावित भएन । उहा“का फिल्महरु लगातार सफल भइ रहे र यसबीचमा एक कुशल कलाकारको रुपमा पनि उहा“को कद बढदै गएको छ । यस दौरान अक्षयले आपूmलाई कुनै एक किसिमको छविमा बाधेर राखेनन बल्की प्रत्येक किसिमको भूमिका निभाए र प्रत्येक भूमिकामा आपूmलाई प्रमाणित पनि गरे । जाली एलएलबी २ मा एक पटक फेरि अक्षयले आपूmलाई प्रमाणित गरेका छन् । अक्षय कुमारको फीश बाहेक लगभग ४० करोड लागतमा बनेको यस फिल्मले फिल्म प्रदर्शन भन्दा पूर्व नै फिल्मको सेटेलाइट अधिकार बेचेर ४० करोडको कमाइ गरिसकेको छ । फिल्मले पहिलो साता मै भारतमा र विदेशमा गरी सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ ।

Share.

Leave A Reply