जीवन साथीलाई स्वस्थ राख्न तपाई खुशी रहनु जरुरी

0

एउटा नया“ अध्ययन अनुसार खुशमिजास जीवनसाथी हुने जोडी बढी स्वस्थ हुन्छन् । यस अध्ययनमा अमेरिकाका १९८१ जोडीहरु सामेल गरिएका थिए । यी जोडीहरु प्रत्येक उमेरका थिए ।
यस अध्ययनको नेतृत्वगर्ने मिशिगन स्टेट युनिभर्सिटीका सहायक प्रोफेसर बिलियम चोपिकले आपूmहरुले यस अध्ययनको आधारमा स्वास्थ्य र खुशीबीच सामाजिक सूत्र निकाल्ने प्रयास गरेको बताए । यस भन्दा पूर्वका अध्ययनहरुले खुश रहने व्यक्तिको स्वास्थ्य राम्रो हुने निष्कर्श निकालेको थियो । तर चोपिक त्यो भन्दा एक पाइला अगाडि सरेर आपूm खुश रहने व्यक्तिको जीवनसाथी माथि पर्ने असर बारे निष्कर्श निकालेका छन् ।
उनले यसका तीन कारणहरु बताएका छन् । पहिलो, खुश रहने महिला वा पुरुषले आप्mनो जीवनसाथीलाई बढी सामाजिक सहयोग दिन्छन् । बढी रेखदेख गर्छन् । जबकी कम खुश रहने आप्mनै तनावमा अल्झिरहन्छन् ।
दोस्रो, खुशी रहनेले आप्mना नजिककाहरुको लागि राम्रो वातावरण तयार गर्छन् । जस्तो पोषणयुक्त भोजन खानु खिलाउनु, कसरत आदि । खुश रहने व्यक्तिस“ग रहदा अर्कोको जीवन सहज हुन्छ ।
तेस्रो, खुश रहने महिला, पुरुष सन्तुष्ट हुन्छन् जबकी कम खुश रहने व्यक्ति असन्तुष्ट र यस्ता व्यक्ति चाडै खराब बानीहरुमा फस्न पुग्छन् ।
अध्ययनमा ५० देखि ९४ वर्षसम्मका दम्पत्तिहरुलाई सामेल गरिएको थियो । यसमा उनीहरुलाई विगत ६ वर्षको खुशहाली स्वास्थ्य, जीवनसाथीको स्वास्थ्य र शारीरिक क्रियाहरु सम्बद्ध प्रश्नहरु सोधिएका थिए ।

Share.

Leave A Reply