टीना अम्बानीको पहिलो प्रेम थियो ‘देवानन्द’

0

बलिउडको पूर्व अभिनेत्री टीना मुनिम अहिले भारतका सर्वाधिक चर्चित व्यापारीहरु मध्य एक अनिल अम्बानीकी धर्मपत्नी हुन् । तर बलिउडमा रहदा अन्य अनेक बलिउड नायिका जस्तै टीना मुनिमको पनि केही नायकहरुस“ग अफेयरको चर्चा चलेको थियो । तर स्वयं टीना मुनिमका अनुसार टीनाको पहिलो प्रेम उनको पहिलो नायक देव आनन्दस“ग थियो । देव आनन्दले नै टीनालाई आप्mनो फिल्म देश परदेशमा लान्च गरेका थिए । फिल्म बाक्स अफिसमा सफल भयो र यसपछि देवानन्दका अनेक फिल्महरुमा टीना नायिकाको रुपमा देखा परिन् । यस बीचमा यी दुईबीच निकटता पनि बढेको थियो । यी दुईलाई पार्टीहरुमा पनि एक साथ देखिएको थियो ।
यसैबीच टीनाको जिन्दगीमा संजय दत्त आए । टीना र संजय एक अर्कालाई पहिलेदेखि चिन्दथे । दुवैले एक साथ कलेजमा पढाइ गरेका थिए तर कलेज पछि दुवैको भेट भएको थिएन । बलिउडमा आएपछि एउटा पार्टीमा दुवैको भेट भयो र दुवैको निकटता बढदै गयो । टीना संजय दत्तलाई यति माया गर्दथिन कि संजय कै लागि टीनाले ‘लब स्टोरी’ र ‘एक दूजे के लिए’ जस्ता फिल्मरु प्नि अस्वीकार गरेकी थिइन् ।
तर संजयको नशाको बानीले गर्दा टीना विस्तारै संजयस“ग टाढिदै गइन र यसपछि राजेश खन्नास“ग यिनको निकटता बढयो । राजेशस“ग लामो रिलेशनशिप पछि पनि राजेश बिहेको लागि राजी नभए पछि टीना राजेश खन्नालाई छाडेर विदेश गइन् ।
सन् १९८६ मा एक विहे कार्यक्रममा टीना र अनिल अम्बानीको भेट भयो । पहिलो भेटमा नै दुवै एक अर्काप्रति आकर्षित भए । तर अनिल अम्बानीको परिवार कुनै फिल्मी अभिनेत्रीलाई परिवारको बुहारी बनाउन चाहदैन्थ्यो त्यसैले अनिलले टीनास“ग मेलजोल कम गरे । तर १९८९ मा अमेरिकाको लास एजिल्समा भयानक भुईचालो आयो । टीना त्यतिबेला लास एंजिल्समा नै थिइन् । भुईचालो बारे सुनेपछि अनिल रहन सकेनन् र टीनाको नम्बर खोजेर टीनालाई फोन गरे । फोन गरेर अनिलले यति मात्र सोधे ‘तिमी ठीक छौ ।’ टीनाको जवाफ सुन्ने बित्तिकै अरु केही पनि कुरा नगरी अनिलले फोन राखी दिए । अनिलको यस व्यवहारले टीना चकित भइन र उनले आपैm अनिललाई फोन गरिन यसपछि दुईबीच कुराकानीको क्रम सुरु भयो र १९९१ अनिल र टीनाको विहे भयो ।

Share.

Leave A Reply