डाइनोसर लोप हुनुमा नवौं ग्रह ‘प्लानेट एक्स’ जिम्मेवार

0

यसै वर्षको पूर्वाद्र्धमा क्याल्टेकका वैज्ञानिकहरुले नवौं ग्रह, प्लानेट एक्सको अस्तित्वका बारेमा अहिलेसम्मकै सबैभन्दा विश्वसनीय प्रमाण फेला परेको दावी गरेका थिए । नवौं ग्रहको सम्भावना बढेपछि एकजना अवकाश प्राप्त खगोल भौतिकशास्त्रीले उक्त अदृश्य ग्रह नै डाइनोसर लोप जस्ता पृथ्वीको आवधिक जीव बिनाशका लागि जिम्मेवार रहेको दावी गरेका छन् ।
रोयल एस्ट्रोनोमिकल सोसाइटीको जर्नल मन्थ्ली नोटिसमा प्रकाशित उक्त नया“ सोधमा डेनियल बिटमायरले अहिलेसम्म फेला पार्न नसकेको उक्त नवौं ग्रहले प्रत्येक २ करोड ७० लाख वर्षमा विध्वशंक उल्का वर्षा गराउने गरेको तर्क दिएका छन् ।
अहिले युनिभर्सिटी अफ अर्कासन्सका गणित शिक्षक रहेका बिटमायरले प्रमख वैज्ञानिक जर्नलमा गरेको यस प्रकारको दावी उनको पहिलो भने होइन । सन् १९८५ मा उनले जनरल नेचरमा जीवहरुको सामुहिक लोप हुने समान प्रकृतिको सिद्धान्त दिएका थिए । त्यसपछि उनी लेफेयटीको युनिभर्सिर्टी अफ लुजियानामा खगोल भौतिकशास्त्री रुपमा गएका थिए ।
बिटमायर र उनका शोध सहकर्मी जोन मेटेसले ५० करोड वर्षदेखि भएका उल्का वर्षाको अवशेष रहेका जीवाशेषको प्रमाणहरु आप्mनो नया“ सोधमा समेटेका थिए । सन् १९८५ मा आकाश गंगा मिल्की वेको केन्द्रमा परिक्रमा गर्ने सूर्यको सिस्टर स्टारका कारण छुद्रग्रह वर्ष हुने दुईवटा बैकल्पिक सिद्धान्त दिएका थिए । प्लानेट एक्सको अवधारणाले बैधता लिएपछि ती सिद्धान्तहरु हराउ“दै गए । यो पछिल्लो सिद्धान्तले मिथकका रुपमा रहेको प्लानेट एक्सको वास्तविक अस्तित्व पृथ्वीका जीवका लागि खतरा बन्न सक्ने सम्भावना बढाएको छ ।
क्यान्टेकको सोधमा प्लानेट एक्स पृथ्वीको पिण्डको तुलनामा १० गुणा ठूलो भएको अनुमान गरिएको छ । यो पिण्ड आप्mनो कक्षमा परिक्रमा गर्ने क्रममा प्रत्येक २ करोड ७० लाख वर्षमा कुपिय वेल्टले नजिकिने भएकाले सौर्य प्रणालीमा उल्का तथा छुद्र ग्रह उछिट्याउन सक्ने आकारको भएको सोधमा उल्लेख गरिएको छ ।
कुपयिर वेल्ट नेप्च्युनबाट केही पर सौर्य प्रणालीमा परिक्रमा गरिरहेका उल्का तथा छुद्रग्रह र केही ठूला पिण्डहरु रहेको गोलाकार घेरा हो । क्याल्टेकका सोधकर्ताहरुले नवौंं ग्रहको उपस्थिति तथा त्यसको कक्षका कारण कुपियर वेल्टका थुप्रै बलयहरुको चालमा असन्तुलन ल्याउने बताएका छन् । बिटमायरले सन् १९८५ मा उनीहरुले गरेको सोधमा जस्तै आवधिक उल्का अतिक्रमणको नतिजा विध्वंशकारी ठोक्काइ हुने बताए । पृथ्वीलाई छलेर गएकाहरु सौर्य मण्डलभित्रै टुक्रिएर जाने र सूर्यको सौर्य ऊर्जामा बिलय हुने गर्छ ।
बिटमायरले प्लानेट एक्सका बारेमा आउने थप जानकारीले सौर्य प्रणालीको अदविकास तथा पृथ्वीमा विद्यमान जीव अस्तित्वका बारेमा जवाफ दिनेमा आपूm आशाबादी रहेको बताए ।
आपूm यस विषयमा विगत ३० वर्षदेखि एउटा हिस्सामा रुपमा रहेको र यदि यसमा अन्तिम निचोड आएमा यसमा पुस्तक लेख्न आपूm इच्छुक रहेको उनले लेखमा उल्लेख गरेका छन् ।

Share.

Leave A Reply