त्रिविका विद्यार्थीलाई पार्टटाइम रोजगारीको सुनिश्चितता हुनुर्पछ

0

तिलक प्रसाद उपाध्याय, सभापतिउम्मेदवार– केन्द्रिय क्याम्पस, किर्तिपूर
आठ वषर््ापछि हुनलागेको स्ववियू निर्वाचनले बिद्यार्थी राजनीतिको सरगर्मी बढेको छ । त्रिवि मातहतका क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुले बिद्यार्थीलाई आफ्नो पक्षमा पार्न अनेकन मुद्दाहरु अगाडि सारेका छन् । त्रिविको केन्द्रिय क्याम्पस, किर्तिपूरमा स्ववियू निर्वाचनको सरगर्मी बढेसंगै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफ्नो सभापतिको उम्मेदवारको रुपमा तिलक प्रसाद उपाध्यायलाई अगाडि सारेको छ । हामीसंगको कुराकानीमा उनले किर्तिपूरमा आफुले नै बाजी मार्ने दाबि गरेका छन् । प्रस्तुत छ, त्रिभुवन विश्वविद्यालय किर्तिपूरका माओवादी केन्द्र निकट क्रान्तिकारीको तर्फबाट स्ववियू अध्यक्षका उम्मेदवार तिलकप्रसाद उपाध्यायसंग विश्पदीप साप्ताहिकको लागि गरिएको कुराकानीको संक्षिप्त अशं
तँपाई माओवादी केन्द्र निकट बिद्यार्थी संगठनको तर्फबाट त्रिभुवन विश्वविद्यालय किर्तिपूरको सभापतिको उम्मेदवार बन्दा कस्तो महशुश भईरहेको छ ?
हाम्रो संगठनले मलाई विश्वास गरेर मुलुकको सबै भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको केन्द्रिय क्याम्पसको स्ववियूको अध्यक्षको उम्मेदवार बनाउदा निकै खुशीको अनुभूति भएको छ । अब मैंले संगठनले प्रदान गरेको जिम्मेवारीलाई जितमा बदल्नु पर्ने यो एक ऐतिहासिक जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीलाई त्रिविमा जिताएर पूरा गर्नेछु ।
केन्द्रिय क्याम्पस किर्तिपूरमा अखिल क्रान्तिकारीको अवस्था कस्तो रहेको छ ?
२०६५ सालको स्ववियू निर्वाचनमा केन्द्रिय क्याम्पस किर्तिपूरमा हामीले नै जित हाँसिल गरेका हौं । जसले गर्दा हाम्रो त्यो उपस्थिती अहिले पनि कायम छ । हाम्रो संगठन बिद्यार्थीमाझ लोकप्रिय छ । विद्यार्थीहरुमा फेरि पनि हाम्रो विचार र एजेण्डाका आधारमा अखिल क्रान्तिकारीमा व्यापक जनसमर्थन र आकर्षण जारी छ । त्रिविका हरेक डिपार्टमेन्टमा अखिल क्रान्तिकारी पहिलो पोजिसनमा रहेको छ । यो हाम्रो लागि खुसीको कुरा हो ।
तपाईंहरुका चुनावी एजेण्डाहरु के–के छन् ?
अखिल क्रान्तिकारीकै कारण कार्यान्वय हुने अवस्थामा पुगेको २८ वर्षे उमेर हद र मिश्रीत निर्वाचन प्रणालीमा यसपालीको निर्वाचन हुदैछ । हामीले खासगरी विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाइनु पर्दछ र राजनैतिक भागवण्डा अन्त्य गरिनु पर्दछ भन्ने कुरा उठाईरहेका छौं । त्रिविमा अध्ययनरत विद्यार्थीलाई पार्टटाइम रोजगारीको सुनिश्चितता गर्नु पर्दछ । यहा हाल कार्यान्वयनमा रहेको सेमेस्टर प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु पर्दछ । त्रिवि भित्रका शैक्षिक दलाल र माफियाहरुको हामीले स्ववियूमा पुनःजित हासिल गरे पश्चात अन्त्य गर्ने छौं । केन्द्रिय क्याम्पसलाई देशभरिका विद्यार्थीका लागी अध्ययनको आकर्षणको केन्द्र बनाउन पहल गरिनेछ । विदेशी विद्यार्थीहरुलाई समेत त्रिविप्रति कसरी आकर्षित गर्न सक्छ भन्ने तर्फ हामी क्रियाशिल हुनेछौं ।
तपाईंले चुनाव जित्ने मुख्य आधारहरु के–के हुन् ?
मैंले माथिनै भने की यसपाली हाम्रा एजेण्डाहरुमा टेकेर चुनाव हुदैछ र प्रभावकारी स्ववियू निर्माणको अभियानमा भएकैले क्रान्तिकारीले त्रिविमा पनि चुनाव जित्दैछ । अझ मेरो हकमा भन्ने हो भने विगतलामो समयदेखि त्रिविमा अध्ययनरत विद्यार्थीहरुका समस्यासंग प्रत्यक्ष सामेल हुदै आइरहेको छु । जसलाई विद्यार्थीका वास्तविक समस्या थाहा हुन्छ, उसैलाई विद्यार्थीले रोज्ने मेरो बुझाई छ । त्यसकारण यहा हाम्रो जित सुनिश्चित देख्छु ।
केन्द्रिय क्याम्पस किर्तिपूरमा तपाईंहरुको प्रतिस्पर्धा कोसंग हुने मान्नु हुन्छ ?
त्रिविमा यतिबेला हाम्रो प्रतिस्पर्धी संगठन म देख्दिन । किनभने २८ वर्षे उमेरहदका कारण अखिल र नेविसंघ लगायतका संगठनहरुले आफ्नो उम्मेदवार नै भेट्टाइरहनु भएको छैन् । हामीसंग प्रतिस्पर्धा गर्ने त कहा हो कहा, उहाहरु आफ्नो संगठनको उम्मेदवारको खोजी गर्नमै लागिरहनु भएको छ । त्यसकारण कुन संगठनका उम्मेदवार नै थाहा छैन, तिनले हामीसंग प्रतिस्पर्धा गर्दैछन् कसरी भनौं ? अर्को कुरा हाम्रा एजेण्डाहरुका अगाडी अन्य संगठनका एजेण्डा हेर्दा निकै फिका देख्छु । यद्यपी चुनाव हो, के हुन्छ हेर्दै जाउ ।

Share.

Leave A Reply