निम्त्याइएको तनाव

0

गत साता रौतहटमा नेकपा एमालेका नेता माधवकुमार नेपालको उपस्थितिमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीच भीडन्त भयो । भीडन्तमा अनेक घाइते भए । त्यो दिन रौतहटको गौर दिनभर तनावग्रस्त रह्यो । तर, सवाल उठ्छ के त्यो भीडन्त र तनाव आकस्मिक थियो ? आम मधेशी जनता त्यस भीडन्तलाई एमालेका नेताहरुद्धारा निम्त्याइएको भीडन्त मान्दछन् । हुनपनि मधेश आन्दोलन देखि लिएर संविधान संशोधनसम्म एमालेको रबैयाका कारण मधेशमा एमाले प्रति आक्रोश रहेका बेला, मधेशी मोर्चाको असहमतिको बाबजूद स्थानीय तहको निर्वाचन घोषणाले मधेशमा तिब्र असन्तोष फैलिएको समयमा रौतहटमा जबरजस्ती नेकपा एमालेका नेता माधवकुमार नेपालको कार्यक्रम गर्न खोजिनु जानी जानी भीडन्त निम्त्याउनु नै थियो । यस भीडन्त पछि एमालेले मधेशमा रक्तपात मचाउन खोजेको आरोपहरु लाग्न थालेको छ । यसभन्दा पहिला एमालेका अर्का नेता बामदेव गौतमको जनकपुरधाम भ्रमण क्रममा पनि जनकपुर तनावग्रस्त भएको थियो ।
प्रश्न उठ्छ, यसरी तनाव निम्त्याएर प्रहरी घेरामा कार्यक्रम संचालन गरेर एमाले के प्रमाणित गर्न चाहन्छ ? यसले समस्या कम गर्छ वा बढाउछ ? एमाले नेताहरु किन भीडन्तको राजनीति गर्न खोज्दैछन् ?

Share.

Leave A Reply