नेपालको टेलिकममा प्रदीप ठाकुरकै राज

0

काठमाडौं, सुशासनको नाममा कलंक नेपाल टेलिकमका प्रबन्धक प्रदीप ठाकुरको भ्रष्टाचार तान्डब बारे विभिन्न पत्रपत्रिकामा सप्रमाण खुलासा हुने गरे तापनि उनीमाथि कुनै निकायले कारवाही नगरेको देख्दा टेलिकमका शुभचिन्तक कर्मचारीहरु अत्यन्त निराश र आक्रोशित बनेका छन् । उनीहरुको आक्रोश र निराशाले कुनै दिन पनि नेपाल टेलिकममा अप्रिय घटना हुन सक्ने चेतावनी समेत त्यहा“का कर्मचारीहरुले दिइरहेका छन् ।
टेलिकमका कर्मचारीहरुका अनुसार प्रदीप ठाकुरले आपूm त खुलेआम भ्रष्टाचार गरिरहेकै छन् र त्यहा“ जोसुकै प्रबन्ध निर्देशक आए पनि उनलाई समेत भ्रष्ट बनाउने गरेका छन् । प्रबन्ध निर्देशक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच समेत ठाकुरले पुलको भूमिका निर्वाह गर्ने गरेको चर्चा टेलिकममा छ भने ठाकुरले आफु जति भ्रष्टाचार गरे पनि अख्तियारले केही गर्न नसक्ने आपूm निकटका साथीहरुस“ग खुलेआम भन्ने गरेको कर्मचारीहरु बताउ“छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यही मंसिर १२ गते १०३५६ दर्ता नम्बर रहेको उजरी पीडितहरुले सप्रमाण दि“दा पनि कुनै कारवाही नगरिएको देख्दा प्रदीप ठाकुरको प्रभाव र शक्तिको अन्दाज पनि गर्न सकिन्छ ।
आफनो अर्थबलको प्रभावले हो वा अन्य प्रभावले बर्षौ देखि एउटै शाखामा टिक्न सफल ठाकुरले ओभर द एअर युएसएसडी, सोलार प्रोजेक्ट, कस्टमर केयर सेन्टर, भीआरएलए ब्याट्री, पीडीएच माइक्रोवेभ, रिमोट इलेक्ट्रिकल टिल्ट (आरइटी) एन्टिना, मेडिएसन एन्ड इन्टरकनेक्ट, क्याम्पियन म्यानेजमेन्ट, युएम केबुल आदि सामान र प्रोजेक्टहरु खरिद तथा आयात गर्दा करोडौ रुपैया“ गैर कानुनी रुपमा आर्जन गरेको टेलिकमका कर्मचारीहरुले खुलासा गरेका छन् । उनीहरुका अनुसार ती सामान र प्रोजेक्ट गुणस्तरहीन भएका कारण नेपाल टेलिकमको सेवाको स्तर दिनप्रतिदिन ध्वस्त हुदै गएको छ र यसको सिधा फाइदा टेलिकमको प्रतिद्धन्दी निजी संस्था एनसेललाई भइरहेको छ । यही स्थिति रहे नेपाल टेलिकम पूर्णतया धराशायी भई जनकपुर चरोट काराखानाको स्थितिमा पुग्ने निश्चित छ भने एनसेल सूर्य टोबाको भई नै रहेको छ ।
ठाकुरको जागिरको अवधि अब अठार महिना मात्र बा“की छ यसपछि टेलिकमलाई डुबाएर उनले एनसेलमा आकर्षक सुविधा एवं प्रशस्त तलब पाउने गरी आप्mनो जागिर सुनिश्चित गरिसकेको कर्मचारीहरु बताउ“छन् । सुरा सुन्दरीका शौकिन प्रदीप ठाकुरले आप्mनो भ्रष्टाचारको संरक्षण गर्ने तथा मतियारहरुलाई समेत उपत्यकाका विभिन्न रिसोर्टहरुमा लगेर सुरा सुन्दरीको भोग गराउने गरेको उनी निकटका व्यक्तिहरुले बताउ“छन् ।
प्रदीप ठाकुरका यी सबै भ्रष्ट तथा दलालीपूर्ण गतिविधिको खुलासा गर्दै यही मंंसिर १४ गते सञ्चारमन्त्रीको सचिवालयमा समेत पीडित कर्मचारीहरुले उजुरी दर्ता गराएको बताए । ठाकुरले देशको सम्पूर्ण न्यायिक एवं प्रशासनिक राज्य संयन्त्रलाई खुलेआम चुनौती दिइरहेको हु“दा उनलाई तत्काल कारवाहीको दायरामा ल्याउनु अपरिहार्य रहेको कर्मचारीहरुको आग्रह छ । ठाकुरका आफन्त र ससुरालीतिरका व्यक्तिहरु समेतको सम्पत्तिको छानविन गरिनुपर्ने र उनको भारत तथा सिंगापुर लगायतमा रहेका बैंक खाताको पत्ता लगाएर भ्रष्टाचार गरी आर्जन गरेको अकुत सम्पत्ति राज्य कोषमा फिर्ता ल्याउनुपर्ने आग्रहसमेत कर्मचारीहरुले गरेका छन् ।

Share.

Leave A Reply