प्रेममा पागलपन पनि एक किसिमको बिमारी हो

0

प्रेममा पागल एउटा चर्चित उखान जस्तै रहेको छ । एउट पार्टनरले अर्को पार्टनरलाई आप्mनो प्रेमको विश्वास दिलाउन पनि यो वाक्यको प्रयोग गर्ने गर्छन् । जस्तो ‘म तिम्रो प्रेममा पागल छु’ तर प्रेममा पागलपन भन्ने कुरा ‘भन्ने कुरा’ मात्र पनि होइन । अनेक केटाकेटी वास्तवमा नै कसैको प्रेममा पागल हुन्छन् । प्रेममा पागलपनको अनेक कहानी हामीले फिल्महरुमा हेरेका छौ । समय समयमा पे्रममा बिछोडको कारणले वा प्रेम कै पृष्ठभूमिमा आत्महत्या वा हत्याका समाचारहरु सार्वजनिक पनि हुने गरेका छन् । वास्तवमा प्रेममा पागलपन पनि एक किसिमको बिमारी हो जुन न त यस्तो पागलपनमा पर्नेको लागि ठीक छ न त रिलेशनशिप कै लागि । त्यसैले यसमा नियन्त्रण गर्नु पनि जरुरी हुन्छ । यहा“ तल केही प्रश्नहरु दिइएका छन् जसको जवाफ दिएर तपाई आप्mनो विषयमा थाहा पाउन सक्नु हुन्छ कतै तपाई पनि प्रेममा पागल त हुनुहुन्न ?

१. सारा दिन उस“गै बिताएर तपाई घर फर्कनु हुन्छ र तपाईलाई थाहा हुन्छ की तपाईका अभिभावक बाहिर जादैछन् । यस्तोमा तपाई के गर्नु हुन्छ ? क . उनलाई फोन गरेर फेरि कतै भेट्ने कार्यक्रम बनाउनु हुन्छ किनभने अब तपाईस“ग समय नै समय छ ।
ख. सारा समय उस“ग फोनमा कुरा गर्दै व्यतित गर्नुहुन्छ ।
ग. मित्रहरुस“ग भेट्न जानु हुन्छ वा आप्mनो बा“की कामहरु सकाउने तर्पm लाग्न हुन्छ ।
२. बिहान उठने बित्तिकै तपाईको पहिलो काम हुन्छ ः क. उनलाई फोन गरेर सोध्नु कि उनको रात कस्तो बित्यो र दिउसोको कार्यक्रम के छ । ख. उनको कुनै मैसेज छ कि भनेर चेक गर्नु हुन्छ । ग बिहानको आप्mनो कामहरु सकाउनु हुन्छ ।
३. लामो कुराकानी पछि फोन बन्द गर्ने समयमा तपाईले गुडवाय भन्ने स्टायल के हुने गर्छ (क) म तिमीलाई अत्याधिक माया गर्छु । (ख) पहिला तिमी फोन राख म फोन राख्न चाहन्न । (ग) ‘वाय’ भनेर फोन राख्नु हुन्छ ।
४. तपाई कुनै कामले आनलाइन हुनुहुन्छ यस्तोमा तपाईको मायालु पनि आनलाइन रहेको पाउनु हुन्छ । तपाई.. (क) सोध्नु हुन्छ की आप्mनो काम छाडेर उ आनलाइन किन छ र उ माथि ध्यान राख्नु हुन्छ । (ख) आप्mनो काम बिर्सेर उस“ग कुरा गर्न थाल्नु हुन्छ ।
(ग) उनलाई इग्नोर गरेर पहिला आप्mनो काम सकाउनु हुन्छ ।
५. तपाई उनीस“ग लन्च वा डिनरमा जाने तयारीमा हुनुहुन्थ्यो तर उनको परिवारमा आएको कुनै इमरजेन्सीका कारण कार्यक्रम स्थगित गर्नुपर्ने हुन्छ । तपाई… (क) उनलाई जसरी पनि आउनै पर्ने दबाब दिनु हुन्छ । (ख) तपाईलाई रीस उठछ र कार्यक्रम स्थगितको कुरा सुन्ने बित्तिकै रिसाएर फोन राखी दिनु हुन्छ । घरमा पनि मिसविहेभ गर्नु हुन्छ । (ग) तपाई उनको स्थिति बुझ्नु हुन्छ र भन्नु हुन्छ कि तपाई रिसाएको छैन बरु उनलाई कुनै किसिमको सहयोगको आवश्यकता छ भने नहच्कि भनुन ।
उपरोक्त सबै प्रश्नहरुको जवाफ यदि (क) हो भने तपाई उनको प्रेममा पागल भई सक्नु भएको जाने हुन्छ । तपाईले आप्mनो पार्टनरलाई स्पेश दिनुपर्ने आवश्यकता छ र आप्mनो काममा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । अन्यथा तपाईको रिलेशनशिपमा समस्या आउन सक्नेछ ।
यदि तपाईको जवाफ (ख) मा छ भने तपाई प्रेममा पागल हुने संघारमा पुगि सक्नु भएको छ । यो तपाईकोलागि हानिकारक हो । तपाईको जिन्दगीमा अन्य पनि धेरै जना छन् उनीहरु माथि पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।
यदि तपाईको जवाफ (ग) मा छ भने तपाई अब्सेसिव प्रेमी वा प्रेमिका बनि सक्नु भएको छैन । तपाई आप्mनो पार्टनरमाथि बढी प्रेसर हाल्नु हुन्न । तपाईको रिलेशनशिप यसरी नै सवल हुन्छ ।

Share.

Leave A Reply