बिभिन्न क्षेत्रहरुबाट भारतीय राजदूतको सम्मान तथा विदाई

0

नेपालमा कार्यकाल समाप्त गरेर मंगलबार स्वदेश फर्केका नेपालकालागि भारतीय राजदूत रंजीत रे को अन्तिम साताको नेपाल बसाई अत्यन्तै ब्यस्त रहयो । नेपालका बिभिन्न क्षेत्रहरुबाट गरिएको सम्मान र बिदाई कार्यक्रमहरुमा सहभागि हुन उहालाई भ्याई नभ्याई भएको थियो ।
यसै क्रममा शनिबार मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ । मोर्चाले र्याडिसन होटलमा राखेको राजदूतको बिदाइ कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए ।
कार्यक्रममा राप्रपाका नेता दीपक बोहरा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीलगायतका नेता पनि पुगेका थिए ।
बिदाइ कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन । उनको पार्टीबाट उपाध्यक्ष लालबाबु यादव बिदाइ समारोहमा पुगेका थिए । यादवले आफू काठमाडौंबाहिर रहेकाले बिदाइ कार्यक्रममा नगएको बताए ।
यस्तै, गजेन्द्र नारायण सिंह पब्लिक वेलफेयर फाउण्डेशनले गत बिहीबार नै नेपालका लागि भारतीय राजदूत रन्जित रेको सम्मान तथा बिदाई कार्यक्रम गरेको थियो । फाउण्डेशनका अध्यक्ष राजेन्द्र महतोले राजदूत रेलाई मायाको चिनो दिएर उनको बिदाई गरेका थिए । सद्भावना पार्टीका अध्यक्षसमेत रहेका महतोले फाउण्डेशनको तर्फबाट कान्तिपथस्थित येलो पगोडा पार्टी प्यालेसमा एक भव्य समारोहको आयोजना गरी बिदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेका थिए । सो बिदाई तथा सम्मान कार्यक्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल भारत–महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी लगायतका उपस्थिति रहेको थियो । सो बिदाई तथा सम्मान कार्यक्रममा राजदूत रेको प्रशंसा गरिएको थियो ।
यस्तै नीति अनुसन्धान प्रतिष्ठान, नेपालले फागुन १४ गते यहा आयोजना गरेको ‘राजदूत रेको बिदाइ’ कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत रणजीत रेले आफनो कार्यकालमा नै नेपालमा विकासका ठूला आयोजना अगाडि बढिरहेको बताउनुभयो ।
उहाले भारत सधैभरि नेपालको आर्थिक, सामाजिक र सास्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताउनुभएको छ ।
पहिलेदेखि नै प्रगाढ र सुमधुर रहदै आएको नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने उहाको भनाइ थियो । भूकम्पपछिको पुनःनिर्माणसगै समृद्ध नेपाल बनाउन भारतले सक्दो सहयोग गर्ने उहाले बताउनुभयो ।
राजदूत रेले नेपाल शान्ति, स्थायित्व र समृद्धितर्फ अगाडि बढिरहेको सन्दर्भमा संविधानमा सबैलाई समेटेर कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सल्लाहकार प्रा जयराज आचार्यले राजदूत रेले नेपालमा रहदा नेपाल र नेपालीका लागि गर्नुभएको योगदानको कदर गर्नुभएको थियो ।
यसैबीच, फागुन १० मा नेपाल–भारत महिलामैत्री समाजले राजदूत रेको औपचारिक बिदाइ कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा तमलोपाका महन्थ ठाकुर, हृदयेश त्रिपाठी, मीनेन्द्र रिजाल, शान्तिमन्त्री सीतादेवी यादव लगायत सहभागी थिए ।
त्यसअघि योगाचार्य जेएन सरस्वतीले भारतीय राजदूतको बिदाइमा एक कार्यक्रम आयोजना गरेका थिए । फागुन २ गते मदनमोहन मालवीय मिसनले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए ।
त्यसअघि पूर्वराजदूत विजयकान्त कर्णको एनजिओ जागृत नेपालले आयोजना गरेको एक कार्यक्रममा भाग लिन रञ्जित रे वीरगन्ज पुगेका थिए । भारतीय दूतावासकै सहयोगमा भएको उक्त कार्यक्रममा भारतीय पूर्वमन्त्री रघुवंश सिंहसहित नाकाबन्दीका बेला नेपालका आन्दोलनकारीलाई रक्सौलमा भातभान्सा व्यवस्था गरिदिने भारतीय नागरिक महेश अग्रवालको पनि उपस्थिति थियो । त्यसको भोलिपल्ट महावाणिज्य दूतावासमा रेको बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।

Share.

Leave A Reply