बिहे भन्दा पूर्व पार्टनरको विषयमा जान्नुपर्ने कुराहरु

0

केही समय अगाडिसम्म हाम्रो समाजमा बिहे भन्दा अगाडि र बिहे तय भइसकेपछि केटाकेटीको भेट कमै हुने गर्दथ्यो । अभिभावकले गरेको निर्णय शिरोधार्य गर्दै बिहे गर्ने परम्परा थियो तर अब स्थितिमा परिवर्तन आएको छ । बिहेको लागि अभिभावक भन्दा पनि केटाकेटीको पसन्द र रोजाइले प्राथमिकता पाउन थालेको छ । अभिभावककै रोजाइमा हुने बिहेमा समेत केटाकेटीको पसन्दको ख्याल राख्न थालिएको छ भने प्रेम विवाह गर्नेहरुको संख्या पनि दिनानुदिन बढदै गएको छ । हुनपनि बिहे भनेको एउटा अत्यन्तै महत्वूर्ण निर्णय हो यो निर्णय वास्तवमा जिन्दगी कै सर्वाधिक महत्वपूर्ण निर्णय हो । किनभने यस निर्णयले केटा वा केटीको भविष्य मात्र होइन उसको सम्पूर्ण भावी पुस्ताकै भविष्यलाई प्रभावित गर्ने गर्छ । त्यसैले यहा“ हामीले केही यस्ता कुराहरुबारे बताएका छौ जुन आप्mनो पार्टनरको विषयमा तपाईलाई जानकारी हुनु उपयुक्त हुन्छ ।
के उ मानसिक रुपले तयार छ ः बिहे भन्दा अगाडि तपाईको पार्टनर मानसिक रुपले तयार छ वा छैन भन्ने कुराको जानकारी लिनु जरुरी हुन्छ । कतै कुनै दबाबको कारणले उ बिहेको लागि राजी भएको त होइन ? उ तपाईस“ग बिहे गर्न इच्छुक छ वा छैन ? कतै उसको जिन्दगीमा अरु नै कोही छ कि जोस“ग बिहे गर्न उ इच्छुक छ ?
पार्टनरको नजिकको व्यक्तिहरुबारे जानकारी ः आप्mनो दाम्पत्य जीवनलाई सुखमय बनाउन आप्mनो पार्टनरको परिवारका सदस्यहरु, मित्र, नातेदार, बिहे भन्दा पूर्व रोमान्स आदिको विषयमा खुलेर सोध्नुस् यसले भविष्यमा तपाईको दाम्पत्य जीवनमा कुनै समस्या आउदैन ।
जावको विषयमा जानकारी लिनुस् ः केटीहरुले खासगरी काम गर्न इच्छुक केटीहरुले बिहेपछि उसको पार्टनरले काम गर्न दिन्छ वा दिदैन भन्ने कुराको जानकारी लिनु जरुरी हुन्छ ।
उसको जिन्दगीको प्राथमिकताहरुबारे जान्नुस् ः बिहेपछि तपाईको पार्टनर सिंगल पैmमिलीमा बस्न चाहन्छ वा परिवारस“ग ? जावमा भए ट्रान्सफर भएको अवस्थामा के गर्नेछ जस्ता विषयमा कुरा गर्नु पनि जरुरी हुन्छ ।
एक अर्काको पसन्द नापसन्द बारे पनि जान्नुस् ः आप्mनो पार्टनरको पसन्द नापसन्द बारे जान्नु पनि जरुरी हुन्छ । उसको रुचीको विषय के हो ? उसको हावीहरु के के हो ? जस्ता विषयमा जानकारी लिनु पनि जरुरी हुन्छ ।
कैरियरको विषयमा ः तपाईको पार्टनर आप्mनो कैरियरको विषयमा कतिको गम्भीर छ भन्ने कुरा बारे जान्ने प्रयास गर्नुस् । आजका युवा युवतीको चेतनाको स्तर निकै बढी छ र जस्तो परिपक्व उमेरमा बिहे हुन थालेका छन् त्यस पृष्ठभूमिमा पार्टनरको रोमान्टिक स्तर, पैmमली प्लानिङ बारे उसको सोच इत्यादिबारे पनि एक आपसमा कुरा गर्न सकिन्छ र यी कुराहरुले तपाईको वैवाहक जीवनलाई सुखी मनाउन मद्दत गर्नेछ ।

Share.

Leave A Reply