भारतस“ग यसैगरी अल्झिरहे अझ पछाडि पर्ने यथार्थ

0

गोविन्द
विश्वका प्रत्येक राष्ट्रबीच प्रगति र विकासको होडबाजी छ । स्वास्थ्य क्षेत्रमा विकास, भौतिक साधन सुविधाको निर्माण, सञ्चार आदिको क्षेत्रमा नया“नया“ आविष्कार गरेर सबैलाई लाभ पु¥याउ“दै आश्चर्य चकित पार्ने प्रतिस्पर्धा नै चलिरहेको छ विश्वभर । यो युग नै आर्थिक, सामाजिक र वैज्ञानिक क्षेत्रमा प्रगति उन्नतिका नवीनतम कीर्तिमान बनाउने युग भएको छ । विश्वका केही राष्ट्र छाडेर अन्य सबै यही नीति र उद्देश्य आत्मसात गर्दै अगाडि बढिरहेका छन् । तर भारतबाट अलग्गिएर बनेको पाकिस्तान प्राकृतिक साधन स्रोतले सम्पन्न भएर पनि आधुनिक सभ्यताको प्रतिस्पर्धामा निकै पछाडि परेको छ । पाकिस्तानी शासक तथा राजनीतिज्ञहरुले आर्थिक, सामाजिक प्रगतिका जतिसुकै कागजी विवरण प्रस्तुत गरे पनि वास्तवमा त्यहा“को जनजीवन मध्ययुगिन अवस्थाबाट बाहिर निक्लिन नसकेको घटनाक्रमहरुले उजागर गरिरहेका छन् । सरकारले सरिया कानुन बारे अबलम्बन गरेको नीति यसको ज्वलन्त उदाहरण हो ।
वास्तवमा परम्परागत ढंगबाट पाकिस्तानलाई हाक्न खोज्ने राजनीतिज्ञहरुको बर्चश्व समाप्त नहुनु यसको प्रमुख कारण रहेको छ । भारतस“ग विभाजनका घटनाक्रमका पीडा भारतीयहरुले त जसोतसो बिर्सिए तर पाकिस्तानका शासक एवं राजनीतिज्ञले आप्mना निहित स्वार्थ लिप्सामा पाकिस्तानी जनतालाई सो पीडा भुल्न दिएनन् तथा उनीहरुको भावनालाई धर्मका नाममा लगातार भड्काइरहे । त्यो पीडा उनीहरुकै कारण उब्जिएको यथार्थतर्पm पाकिस्तानी जनताको ध्यान जान नदिन शब्दाडम्बरका ठूलाठूला जाल पैmलाउन पनि उनीहरु प्छि परेनन् ।
राजनीतिक र धार्मिक नेताहरुले जस्तोसुकै र जतिसुकै प्रयास गरेर पाकिस्तानी युवा पुस्तालाई कृत्रिम भूलभुलैयामा राख्न खोजे पनि सञ्चारमाध्यमले साघुरो बनाइसकेको विश्वमा सत्यतथ्य लुकाउन सकिदैन । पाकिस्तान विभाजनमा निहित पाकिस्तानी राजनीतिज्ञहरुको स्वार्थ र त्यसपछि उनीहरुले भारतप्रति अपनाएको शत्रुतापूर्ण नीतिका कारण पाकिस्तानले बेहोर्नु परेको चौतर्फी बिनासले युवा पुस्ताको आ“खा नखोल्ने प्रश्न नै छैन । भारतस“ग यसैगरी अल्झिरहेमा अझ निकै पछाडि पर्ने यथार्थ उनीहरुसमक्ष छर्लङ हु“दै गएको हुनुपर्छ । धार्मिक नाराहरुको गलत व्याख्या गरी त्यस पछाडि मुलुकलाई डो¥याउनुको हविगत करोडौ पाकिस्तानी कसरी भोगिरहेका छन् युवा पुस्ताले नांगै आ“खाले हेरिरहेका छन् । उनीहरु आपैm भुक्तभोगी समेत भइरहेका छन् । आज पनि पाकिस्तानी राजनीतिज्ञहरु छ दशक पहिलेकै शैलीमा भारतको प्रसंग कोट्याउ“दा उनीहरु आक्रामक र आक्रोशित हुनुको विद्धतापूर्ण विश्लेषण गर्दै यसको औचित्य बारे छलफल तथा बहस युवा पुस्ताले चलाउनुपर्छ ।
नवाज शरीफले आप्mनो चुनावी अभियानका दौरान भारतस“गका विवादलाई वार्ताबाट हल गर्ने र दुवै राष्ट्रबीच सुमधुर सम्बन्ध कायम गर्ने कुरा गरेपछि पाकिस्तानका सर्वसाधारण तथा बुद्धिजीवी आश्चर्यमा परेका थिए । भारत विरुद्ध चर्काचर्का कुरा नगरेर परम्परालाई छाडदै शरीफले आप्mनो लोकप्रियता र भोट बैंक किन दाउमा लगाउनुभयो भन्ने टिप्पणी राजनीतिक विश्लेषकहरुले गरेका थिए । तर विशाल बहुमतबाट भएको शरीफको बिजयले त्यस्ता विश्लेषकहरुलाई झनै अचम्मित तुल्यायो । उहा“को बिजय भारत पाकिस्तान सम्बन्धप्रति सर्वसाधारण पाकिस्तानी जनता पर्याप्त परिपक्व र यथार्थलाई आत्मसात गर्न तत्पर भइसकेको संकेत थियो ।
पहिला पनि जनताको यसै आदेशको भरमा उहा“ले लाहौर घोषणा पत्रमा हस्ताक्षर गर्नुभएको थियो । तर पाकिस्तानी जनताको दुर्भाग्यवश सो सम्झौताको मसी सुक्न नपाउ“दै कारगिलका पर्वतहरुमा रगतको खोलो बगाइयो । त्यो भन्दा पनि दुर्भाग्य कारगिल हमलाका योजनाकार जनरल परवेज मुशर्रफले जननिर्वाचित नवाज शरीफलाई सैन्य बलबाट अपदस्थ मात्र गर्नु भएन देश निकाला समेत गरिदिएका थिए । यसबाट एक पटक फेरि स्पष्ट भएको थियो कि पाकिस्तानी सेना भारतस“ग सम्बन्ध सुधारका प्रयासहरुको ठूलो बाधक हो । उनै नवाज शरीफ तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेको लामो समय बितिसक्यो तर बिडम्बना दुई देशको सम्बन्ध बिग्रिदै गएको छ ।
अमेरिका र चीन बैचारिक दृष्टिकोणले एक अर्काका विरोधी हुन् । तर उनीहरुबीच ठूलो व्यापार भइरहेको छ । चिनिया“ नेताहरुले अब हतियारको युग बितिसकेको तथा बलियो अर्थ व्यवस्था र मुक्त व्यापारबाट नै संसारमा शासन गर्न सकिने यथार्थ राम्ररी बुझिसकेका छन् । यसैकारण तमाम बिमित हु“दाहु“दै अमेरिकास“ग चीनले अर्बौ डलरको व्यापार गरिरहेको छ । उसले आपूmलाई ठूलो आर्थिक शक्ति बनाउन सक्ने आर्थिक एवं प्राविधिक क्षेत्रका प्रत्येक अवसरलाई उपयोग गर्ने गरेको छ । तर पाकिस्तानले भारतस“ग शत्रुवत दृष्टिकोण राखी आप्mनो अर्थ व्यवस्थाको जरो नै काट्ने गरेको छ । पाकिस्तानी अर्थ व्यवस्थाले धान्नै नसक्ने गरी युद्ध सामग्री जुटाउनु, भारतीय राज्य ब्यवस्थालाई क्षति पु¥याउने गतिविधि सञ्चालन गर्न ठूलो राशि खर्च गर्ने लगायतका कदम पाकिस्तानी शासकले चाल्ने गरेका छन् ।
पाकिस्तानको युवा पुस्ता भारत पाकिस्तान सम्बन्ध सुमधुर बनाउन दुवै देशबीच वार्ताको माध्यमबाट समाधान गर्न व्यापार बृद्धि, एक अर्का कहा आवतजावतको सुविधा बढाउन, शिक्षा, कला, साहित्य तथा सांस्कृतिक क्षेत्रमा मेलमिलापको पक्षमा रहेको समय समयमा गरिएका अभिव्यक्तिबाट स्पष्ट हुन्छ । तर अभिव्यक्तिले मात्र पाकिस्तानका अधिकांश राजनीतिज्ञ र कट्टरपन्थी नेताहरुमा परम्परागत शैली तथा भडकाउवादको अन्त्य हुने आशा गर्न सकिदैन । अतः विकासको पक्षमा रहेका पाकिस्तानी युवाले सक्रिय रुपमा भूमिका निर्वाह गर्नुपर्ने खा“चो रहेको छ । शत्रुताले बिनास मात्र गर्ने र मित्रताले चौतर्फी विकास गर्ने वास्तविकता सबै युवाले आत्मसात गर्नुपर्छ ।

Share.

Leave A Reply