भारतीय राजदूतद्धारा पा“च साना परियोजनाहरुको उद्घाटन

0

नेपालका लागि भारतीय राजदूत श्री रन्जित रायले हालै पूर्वी नेपालको तीन दिने भ्रमण पूरा गर्नुभएको छ । यस दौरान राजदूत रायले भारत नेपाल आर्थिक सहयोग कार्यक्रमको साना विकास कार्यक्रम योजना अन्तर्गत भारतको आर्थिक सहयोगमा निर्मित पा“च वटा विद्यालय भवनहरुको उद्घाटन गर्नुभयो ।
यस क्रममा फरवरी २ ता. मा राजदूत रायले झापा जिल्लाको शान्तिनगरस्थित श्री आदर्श मावि, बनियानीस्थित श्री लक्ष्मी मावि र राजगढस्थित श्री पशुपति माविको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । यी तीन विद्यालय भवनहरु भारतको ५६ मिलियन नेरु सहयोगमा निर्माण भएका हुन् । विद्यालयहरुमा आयोजित समारोहहरुमा सम्बोधनको क्रममा राजदूत रायले झापा जिल्ला साना विकास कार्यक्रमबाट लाभान्वित भएको उल्लेख गर्दै झापामा भारतीय सहयोगमा १४ योजनाहरु पूरा भइसकेको र ६ योजनाहरुमा काम चलिरहेको जानकारी दिनुभयो । झापामा मात्र यी योजनाहरुका लागि भारतले ५५६ मिलियन नेरु सहयोग गरेको छ । यसका अतिरिक्त झापामा ११ एम्बुलेन्स र एक स्कुल बस समेत भारतले उपहारको रुपमा प्रदान गरिसकेको छ । नेपाली जनताको विकासको लागि भारतीय सहयोग निरन्तर जारी रहने आश्वासन पनि राजदूत रायले समारोहमा उपस्थित स्थानीय अधिकारीहरुलाई दिनुभयो ।
साथै राजदूत रायले प्रत्येक स्कुलका दुई प्रतिभाशाली विद्यार्थीहरुलाई महात्मा गान्धी छात्रबृत्ति प्रदान गर्ने पनि घोषणा गर्नुभयो ।
भ्रमणको क्रममा राजदूत राय धनकुटा पुग्नु भयो जहा“ उनले पक्रिबासस्थित श्री जालपा देवी माविको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो भने त्यसपछि मारेकाकाटकरस्थित श्री शारदा माविको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । यी दुवै विद्यालय भवन भारतको ४०.४ मिलियन नेरु सहयोगमा निर्माण भएका हुन् ।

Share.

Leave A Reply