भारतीय राजदूतले दोलखाका जनतालाई दुई विद्यालय र एक सामुदायिक अस्पताल हस्तान्तरण गरे

0

नेपालका लागि भारतीय राजदूत श्री रंजीत रायले आप्mनो तीनदिने दोलखा जिल्ला भ्रमणका दौरान भारत सरकारको ८५ मिलियन (साढे आठ करोड) को आर्थिक सहयोगमा निर्मित दुई विद्यालय भवन र एक सामुदायिक भवनको उद्घाटन गर्नुभएको छ । माघ २६ गते चरिकोट हुदै पावती पुगेका भारतीय राजदूतले श्री शतेश्वर उच्च मािवको नवनिर्मित भवनको उदघाटन गर्नुभयो । यो तीन तले नया विद्यालय भवनमा १२ कक्षा कोठा, ३ पुस्तकालय कोठा र २ कोठा प्रयोगशालाका लागि बनाइएका छन् भने छात्र तथा छात्राका लागि छुट्टाछुट्टै ट्वाइलेटहरु छन् । यस विद्यालयमा ९५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
माघ २७ गते भीमेश्वर मन्दिरको दर्शन पछि राजदुत रायले सिंगाती बजारमा भारतीय सहयोगमा निर्मित सामुदायिक अस्पताल भवनको उद्घाटन गर्नुभयो । १० शैया तथा स्टाफ क्वार्टरहरुसहितको यो अस्पताल भवन अनेक गाविसहरुको बीचमा अवस्थित रहेको छ ।
यसैगरी चरिकोट फर्किने क्रममा राजदूत रायले भारतीय सहयोगमा निर्मित श्री कालिनाग उच्च मावि भवनको पनि उद्घाटन गर्नुभयो । यस विद्यालयले लगभग ५२० विद्यार्थीहरुलाई चार वर्षे बैचलर कार्यक्रम शिक्षा पनि दि“दै आएको छ ।

Share.

Leave A Reply