मागी बिहेका लाभहरु

0

हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार नेपालमा बिहेको पा“च छ वर्षपछि अलग्गिने अर्थात पारपाचुके लिनेहरुको संख्यामा निरन्तर बढोत्तरी हुदै गएको छ । रिपोर्ट अनुसार बिहे गरेको पा“च छ वर्षपछि नै अदालतमा पारपाचुकेको लागि उजुरी हाल्नेहरुमा महिलाहरु बढी हुने गरेको र यसमा पनि अधिकांश प्रेम विवाह गर्नेहरु हुने गरेका छन् । युवा युवतीहरुमा प्रेम विवाहप्रति बढ्दो आकर्षण र प्रेम विवाहको बढ्दो संख्या तथा त्यसै अनुपातमा डायभोर्सको बढ्दो संख्याले लभ मैरेज र अरेन्ज मैरेजको लाभ नोक्सानबारे एक पटक फेरि बहस सुरु भएको छ । हुनत दुवै किसिमका विवाहका आ–आप्mनै खालका नोक्सानहरु छन् । त्यसैले यो विवाह राम्रो यो नराम्रो भनेर निष्कर्ष निकाल्नु निश्चय नै संभव छैन ।
तर यस अंकमा हामी अरेन्ज मैरेजका लाभहरु बारे बताउदैछौ ।
परिवारको सपोर्ट ः हाम्रो समाजमा विवाह दुई व्यक्तिको मात्र नभई दुई परिवारको मिलन मानिन्छ । लभ मैरेजमा पारिवारिक सहयोग हुन्छ नै भन्ने हुदैन । तर अरेन्ज मैरिजमा दम्पत्तिलाई परिवारको पूर्ण सहयोग प्राप्त हुने संभावना हुन्छ । त्यस्तै यस्तो विवाहमा आम तवरले दुवै परिवारलाई एक अर्काको रहन सहन पारिवारिक अवस्था आदिबारे जानकारी हुन्छ त्यसैले पछि धेरै समस्या आउदैन ।
आर्थिक सुरक्षा ः लभ मैरेजमा अनेक पटक केटाको आर्थिक स्थितिलाई केटीले खासै महत्व दिन्न र पछि यही कुरा सम्बन्धमा समस्याको कारक बन्न थाल्छ । तर अरेन्ज मैरेजमा अभिभावकले केटाको आर्थिक स्थितिलाई बे–वास्ता गर्ने सम्भावना कम नै हुन्छ । त्यसैले विवाह पछि आर्थिक समस्याको संभावना कम नै हुन्छ ।
अनेक बिकल्प ः अरेन्ज मैरेजमा जीवनसाथीको रुपमा केटाकेटीको चयन गर्ने अनेक विकल्प हुन्छन् ।
सासु ससुराको माया ः यद्यपि लभ मैरेजमा सासु ससुराको माया हुदै हुदैन भन्ने त हुदैन तर सबै लभ मैरेजमा सम्पत्तिलाई अभिभावकको माया प्राप्त हुदैन जसले गर्दा समस्या उत्पन्न हुन्छ । तर अरेन्ज मैरेजमा आमतवरले बुहारीलाई सासु ससुराको पूर्ण सहयोग हुन्छ ।

Share.

Leave A Reply