मुकेश अम्बानी एक पटक फेरि भारतका सबभन्दा धनाढ्य

0

उद्योगपति मुकेश अम्बानी निरन्तर नवौं वर्ष भारतका सबभन्दा धनाढ्य व्यक्तिमा दरिएका छन् । फोब्र्स इण्डियाका अनुसार अम्बानीको सम्पत्तिमा तिब्र बढोत्तरी भइरहेको छ र उनको सम्पत्ति २२.७ अरब डलर पुगेको छ । यसरी अम्बानीको सम्पत्ति एस्टोनिया जस्तो मुलुकको जीडीपी बराबर भएको छ ।
यस सूची अनुसार सन फर्माका दिलिप सांघवी १६.९ अरब डलर सम्पत्तिका साथ भारतका दोस्रो सबभन्दा धनी हुन भने हिन्दुजा परिवार १५.२ अरब डलर सम्पत्तिका साथ तेस्रो स्थानमा छन् ।
यसैगरी बिप्रोका अजीम प्रेमजी १५ अरव डलर सम्पत्तिका साथ चौथो स्थानमा छन् । जुन मोजाम्बिकको १४.७ अरब डलर जीडीपी भन्दा बढी छ ।
पल्लोनजी मिस्त्री १३.९० अरब डलर सम्पत्तिका साथ पा“चौ स्थानमा छन् भने लक्ष्मी मित्तल १२.५ अरब डलर सम्पत्तिका साथ छैठौ र १२.४ अरब डलर सम्पत्तिका साथ गोदरेज परिवार सातौं स्थानमा छ ।
शिव नादार फोब्र्सको सूचीमा ११.४ अरब डलर सम्पत्तिका साथ आठौं स्थानमा रहेका छन् भने भारतको अति प्रतिष्ठित व्यापारी परिवारका कुमार बिरला ८.८ अरब डलर जम्मा सम्पत्तिका साथ नवौं स्थानमा छन् ।
यसपछि ८.६ अरब डलर सम्पत्तिका साथ साइरस पुनावाला १० औं स्थानमा र ८.३ अरब डलर सम्पत्तिका साथ उदय कोटक ११ औं स्थानमा छन् भने ६.६ अरब डलर सम्पत्तिका साथ सुनिल मित्तल १२ औं स्थानमा ।
फोब्र्सको सूचीमा भारतको तेह्रौं सबभन्दा धनी व्यक्तिको सूचीमा गुजरातका व्यापारी गौतम अडानी परेका छन् । यिनको जम्मा सम्पत्ति ६.३ अरब डलर अनुमान गरिएको छ ।
यसपछि १४ औं स्थानमा ५.९ अरब डलर सम्पत्तिका साथ बेनु गोपाल र ५.८५ अरब डलर सम्पत्तिका साथ आनन्द बर्मन १५ औं स्थानमा रहेका छन् ।

Share.

Leave A Reply