यौन इच्छा सम्बन्धमा महिला र पुरुषमा अन्तर

0

महिला र पुरुषको यौन इच्छालाई लिएर अनेक थरी कुराहरु गरिन्छ । तर यथार्थमा महिला यौन इच्छाहरुबारे जे भनिन्छ ती आधा मात्र सत्य हुन्छन् । सेक्स र रिलेशनशिप एक्सपर्ट र अनुसन्धानकर्ता क्रिस्टिन मार्क कमसे यही नै मान्दछिन् । आखिर के छन ती कुराहरु जुन महिला सेक्सुअलिटीलाई लिएर भन्ने गरिन्छ तर वास्तवमा महिलाको स्वभाविक सेक्स इच्छास“ग बिल्कुलै मेल खादैनन् ।
धारणा १. महिलाहरुमा सेक्स इच्छा कम हुन्छ । यो कुरा एक हदसम्म मात्र सही हो । अध्ययन अनुसार महिला तथा पुरुष दुवैको यौन इच्छामा कुनै न कुनै समयमा कमी आउछ । कैयौ पटक महिलाहरुले पनि आप्mनो पार्टनरको सेक्स इच्छामा कमी आएको गुनासो गर्ने गरेको पाइन्छ । तर महिलाहरुमा प्रेग्नेन्सी, मेनोमाज जस्ता अनेक हार्मोनल परिवर्तन भइरहने हु“दा उनको यौन इच्छाहरु पनि समय समयमा परिवर्तन भइ रहन्छ ।
धारणा २ पहिला इच्छा अनि उत्तेजना– यौन प्रतिक्रियामा इच्छा मुख्य रहेको र यसैबाट उत्तेजना तथा महिला अन्तिम चरणमा पुग्ने मानिन्छ । तर कैयौ पटक इच्छा नभए पनि उत्तेजना हुन्छ र उत्तेजना पछि मात्र इच्छा जागृत हुन्छ । इच्छा कुनै पनि स्तरमा जाग्न सक्छ । त्यसैले पार्टनरस“ग पनि इच्छा नजागे लज्जा वा हीनताबोध महशुस गर्नुपर्ने कुनै कारण छैन । तर पार्टनरले फोरप्ले सुरु गरेपछि उत्तेजना आउन थाल्छ र यसपछि मात्र इच्छा जाग्न थाल्छ ।
धारणा ३ महिलाहरुमा यौन समस्या बढी– सर्वे र रिसर्चहरुले पनि कति प्रतिशत मानिस यौन समस्याबाट ग्रस्त छन् भन्ने कुराको तथ्यांक दिन सक्दैनन् । किनभने जुन कुरालाई हामी यौन समस्या मान्दछौ त्यो वास्तवमा समस्या हो वा होइन त्यो पनि हामीलाई राम्ररी थाहा हु“दैन । सन् १९९९ मा भएको एउटा अध्ययनमा लगभग ४३ प्रतिशत महिला यौन समस्याबाट ग्रस्त रहेको बताइयो । तर यो तथ्यांक एकदम सही थियो अर्थात वास्तवमा ४३ प्रतिशत महिला सेक्स समस्याबाट ग्रस्त छन् भन्ने निष्कर्शमा पुग्न सकिदैन । किनभने यस सर्वेमा सहभागीहरुस“ग गएको एक वर्षमा दुई महिनासम्म उनले यी सात मध्य कुनै एक समस्याको सामना गर्नु प¥यो भन्ने प्रश्न गरिएको थियो र उत्तरमा सहभागीहरुले ‘हो’ वा ‘होइन’ मा मात्र उत्तर दिनु पर्ने थियो । यसमा हो मा उत्तर दिने महिलालाई ४३ प्रतिशतमा सामेल गरियो । सहभागीहरुलाई आप्mनो जवाफ विस्तारमा दिने सुविधा दिइएको थिएन । जबकी उनीहरुको केही समस्याहरु परफार्मेन्स सम्बन्धी, लुब्रिकेशन वा स्वास्थ्यलाई लिएर थियो । डिस्फक्सन अतिरिक्त पनि अनेक कारण छन् जसले यौन समस्या हुन सक्छ । जस्तो कुनै बिमारी, सर्जरी, सामाजिक पारिवारिक कारण इत्यादि ।
धारणा ४ बढी यौन इच्छा सामान्य होइन– महिलाहरुमा पनि पुरुष जस्तै यौन इच्छा घटी बढी हुन सक्छ । बढी इच्छा हुनुको अर्थ हो कदापी होइन कि महिला सामान्य होइन । कैयौ पटक हार्मोनल परिवर्तनको दौरमा पनि लिविडो स्तर बढन थाल्छ । हालै भएको एक आनलाइन सर्वेमा महिलाहरुको सेक्सुअलिटी जाच्ने प्रयास गरियो । सर्वेमा लगभग ५२ प्रतिशत महिलालाई हाइली सेक्सुअल श्रेणीमा राखियो । तर महिलाहरुमा पनि लिविडो बढी घटी हुन सक्छ ।
धारणा ५ महिला पुरुषहरु भन्दा अलग हुन्छन्– वायलांजिकल स्तरमा महिला पुरुषबीच अन्तर हुन सक्छ तर यौन इच्छाको स्तरमा महिला पुरुषमा कुनै ठूलो अन्तर हु“दैन । क्रिस्टिन मार्क आप्mनो निरन्तरको शोधहरुपछि यसै निष्कर्शमा पुगेकी छन् ।
क्रिस्टिन मार्कको शोधलाई अर्को एक शोधले पनि बल प्रदान गरेको छ । यो अर्को सोध ‘पर्सनेलिटी एण्ड शोसल साइकालाजी’ जर्नलमा प्रकाशित भएको छ । यस शोधमा केही मुद्दाहरुमा महिला पुरुष बीच सोचहरुमा अन्तर हुन सके पनि यिनीहरुको सोचमा धेरै अन्तर नरहेको बताइएको छ ।
शोधमा निकालिएका निष्कर्शहरुमध्य प्रमुख दुई यस प्रकार छन् ः महिला निस्क्रिय पार्टनर होइनन् । हामी मध्य अधिकांश अहिलेसम्म महिलालाई यौनक्रियामा निस्क्रिय पार्टनरकै रुपमा मान्दछौ । तर यस शोधले त्यसको खण्डन गरेको छ । सन् २०११ मा भएको एक अध्ययनमा पुरुषले दिनभरमा १९ पटक सेक्सको विषयमा सोच्न सक्दछन् भने महिलाले बढीमा १० पटक भनिएकोछ । तर वास्तविकता के हो भने उमेरस“गस“गै महिलामा सेक्स ड्राइव पनि बढ्दै जान्छ । ३५–४० को उमेरसम्म पुग्दा नपुग्दै महिलाहरुलाई आप्mनो सेक्स लाइफमा सन्तुष्टि प्राप्त हुन थाल्छ । महिलाहरुमा फेक आर्गेज्म हुन्छ मान्नेहरुको लागि एउटा तथ्य के हो भने ४० भन्दा बढी उमेरको ७० प्रतिशत महिलाले आपूmलाई आर्गेज्मको अनुभव भएको मानेका छन् ।
महिला त्यति धेरै इमोशनल पनि हु“दैनन् । प्रकृतिले महिलालाई भावुक बनाएको छ र उनको आंशु चाडै बग्न थाल्छ । तर अध्ययन अनुसार सम्बन्धहरुको स्तरमा पुरुष महिलाको तुलनामा बढी भावुक र तनावग्रस्त रहन्छन् । सम्बन्ध राम्रो रहे महिलाको तुलनामा पुरुष बढी प्रशन्न हुन्छन् । सम्बन्ध राम्रो नहु“दा पुरुषको तुलनामा महिलामा लड्ने क्षमता बढी हुन्छ ।

Share.

Leave A Reply