राजसंस्थालाई राप्रपाको काध

0

राष्ट्रिय प्रजातन्त्र पार्टीले आवश्यक परे राजसंस्थाको सन्दर्भमा जनमत संग्रंहमा जान सकिने प्रस्ताव अघि सारेको छ । उल्लेखनीय छ, राप्रपा नेपाल स्थापना कालदेखि नै सम्बैधानिक राजतन्त्रको पक्षमा रहदै आएकोछ भने राप्रपा गणतन्त्रको पक्षमा थियो तर पार्टी एकीकरण पछि राप्रपाले एक हदसम्म राजसंस्थाको एजेन्डालाई स्वीकार गरेको छ । हुनपनि राप्रपालाई हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाले मूलधारका पार्टीहरु भन्दा फरक पहिचान दिन्छ र नेपालको राजनीतिमा स्थापित भइरहने अवसर पनि । यस्तै राप्रपाले आपूmलाई संघीयताबाट पनि अलग गर्दै मुलुकलाई संघीयता आवश्यक नरहेको र हतारमा ल्याइएको भनेर आपूmलाई मुख्य रुपमा तीन एजेन्डामा केन्द्रित गर्ने बुझिन्छ । निश्चय नै यी तिनै एजेन्डा राप्रपाको लागि लाभदायक हुने संभावना छ खासगरी लम्बिदै गएको संक्रमणकाल संविधान क्रियान्वयनमा विवादै विवादका कारणले देशको ठूलो वर्ग निराश हुदै गएको छ र राप्रपा यही निराशालाई आप्mनो पक्षमा मतको रुपमा ल्याउने रणनीतिमा अगाडि बढेको छ ।
यसमा राप्रपाले कतिको सफलता पाउला ? र यी तीन एजेन्डाको माध्यमले मूलधारका राजनीतिक दलहरु तथा मधेशी दलहरुलाई कुन हदसम्म चुनौती दिन सक्ला त्यो त आगामी दिनहरुमा मात्र थाहा होला । तर तत्कालको लागि ‘डुबते को तिनके का सहारा’ भने भैm विस्मृत हुदै गएको राजसंस्थालाई एटा सहारा प्राप्त भएको छ । यसलाई बुझेर नै हुनुपर्छ पूर्व राजा ज्ञानेन्द्र शाहले फोन गरेर कमल थापालाई धन्यवाद दिएको समाचार प्रकाशमा आएको छ ।

Share.

Leave A Reply