‘रामायण’ को अलग अलग रुप

0

हामी मध्य अधिकांशलाई रामायणको विषयमा जे जति जानकारी छ त्यो महर्षि बाल्मिकीद्धारा रचित रामायणमा उल्लेख भए बमोजिम छ । जुन रामायणले राम, सीता, लक्ष्मण र हनुमान जस्ता चरित्रलाई हाम्रो सामु ल्याएको छ र हिन्दु धर्मका अनुयायीहरुका लागि यी चरित्रहरु देवी देवताका रुपमा पूजनीय छन् । तर भारत कै केही भागहरुमा रामायण युग बारे अलग अलग किसिमका लोककथाहरु पनि प्रचलित छन् र अलग समुदायका अलग किसिमका रामायण पनि छन् । यी लोककथाहरु बाल्मिकी रामायण भन्दा बिल्कुलै अलग खालका छन् । यहा“ यस्तै केही प्रचलित लोककथाहरुबारे उल्लेख गरिएको छ ।
विभिन्न क्षेत्रमा अलग किसिमको रामायणको रचना गरिए भैm जैन समुदायमा जैन रामायणको रचना गरिएको छ । जैन रामायणमा प्रत्येक पात्रको परिभाषा बाल्मिकी रामायण भन्दा फरक रहेको छ । रावणलाई जैन समुदायको अनुयायी मानिएको छ । जैन धर्ममा रावणलाई प्रतिबासुदेव बताइएको छ ।
जैन धर्म पूर्व जन्म र पुनर्जन्ममा विश्वास गर्दछ र पूर्व जन्ममा गरिएको राम्रो नराम्रो कर्मले नै मानिसको आगामी जन्मको पद र स्थान निर्धारण गर्दछ । जैन विद्या अनुसार प्रत्येक समय चक्रमा एक बलदेव, बासुदेव तथा प्रतिवासुदेवको जन्म हुन्छ । जैन धर्ममा रामलाई बलदेव, लक्ष्मणलाई बासुदेव र रावणलाई प्रतिवासुदेव बताइएको छ ।
जैन रामायणमा सीताको हरणलाई सीताकै पूर्व जन्मको नराम्रो कर्मको परिणाम बताइएको छ । जैन रामायणमा रावणको बध पनि रामले नभई लक्ष्मणले गरेको बताइएको छ । जैन रामायण अनुसार राम अहिंसाबादी थिए र पछि राजापाट त्यागेर मोक्ष प्राप्त गरे जबकी लक्ष्मण र रावणले अर्को लोकतर्पm प्रस्थान गरे तर मान्यता के छ भने दुवैले फेरि जन्म लिनेछन अनि मोक्ष प्राप्त गर्नेछन् । यस भविष्यवाणी अनुसार रावणले पुनर्जन्म लि“दा जैनीहरुको तिर्थकरको रुपमा जन्म लिनेछन् । तिर्थकर जैन धर्ममा उच्चतम मानिने स्थान हो ।
जैन धर्मको प्रमुख रचना पद्म पुराणमा पनि रावणको चरित्रबारे धेरै बताइएको छ । पद्म पुराण अनुसार रावण एक यस्ता पुरुष थिए जो पशुपंक्षीको रक्षाकालागि तत्पर रहन्थे । तर वैदिक मूल्यहरुको आधारमा यो धर्मको उल्लंघन सरह नै थियो त्यसैले बैदिक आधारमा रावणलाई राक्षस गणमा सामेल गरिएको थियो ।
पद्म पुराण अनुसार रावण स्वयं पापी थिएनन् बल्कि मात्र एउटा भूल गरेका थिए जसको मूल्य मृत्युको रुपमा चुकाउनु प¥यो । यसैको परिणाम हो आज पनि विश्वका अनेक क्षेत्रमा उनको जीवनकालमा गरिएका राम्रा कामहरुको लागि उनलाई पुजनीय मानिन्छ ।

Share.

Leave A Reply