संजय दत्त आज जेलमुक्त हुने

0

बलिउड अभिनेता सजय दत्त महाराष्ट्रको यरवडा जेलबाट आज रिहा हुनेछन् । १२ मार्च १९९३ को मुम्बई विस्फोटको मुद्दा र अबैध हतियार राखेको मुद्दामा बाँकी पाँच वर्षको जेल सजाय काटेर संजय दत्त आज जेलमुक्त हुनेछन् ।
खबर अनुसार संजय दत्त १२ फरवरीको दिन बिहान लगभग ९ बजे जेल बाहिर आउन सक्नेछन् । संजय दत्तको परिवारको तर्फबाट संजय जेलमुक्त हुने समयमा जेलमा सानो स्वागत समारोह गर्ने इच्छा जनाइए पनि जेल प्रशासनले सुरक्षा कारणहरुले त्यसलाई अस्वीकार गरेको छ । तथापि संजय दत्तको रिहाइको समयमा उनको परिवारका अतिरिक्त सञ्चारकर्मीहरु तथा उनका प्रशंसकहरु उपस्थित रहने सम्भावना छ ।

Share.

Leave A Reply