सरकार ३ को पोष्टर सार्वजनिक

0

राम गोपाल बर्माको बहुप्रतिक्षित फिल्म ‘सरकार ३’ को पोष्टर लान्च गरिएको छ । यस फिल्मको टैग लाइन रहेको छ ‘एंगर दैन एभर’ यो पोष्टरको तस्वीर यसमा फिट देखिन्छ । पोष्टरमा सबै मुख्य कलाकारहरु अमिताभ बच्चन, यामी गौतम, जैकी श्राफ, मनोज बाजपेयी र अमित साधको अनुहार देखिन्छन् । यो सरकार फ्रेन्चाइजीको तेस्रो फिल्म हो । यसमा पनि अमिताभ बच्चनको मुख्य भूमिका रहेको छ । फिल्ममा माथि उल्लेखित कलाकारहरुका अतिरिक्त पराग त्यागी, रोनित राय, भारत दामोलकर र रोहिणी हट्टकडीको पनि भूमिका रहेको छ ।
यो फिल्म ७ अप्रिलको प्रदर्शन हु“दैछ ।

Share.

Leave A Reply