सार्थक वार्ताका वास्तविक विरोधी को ?

0

गोविन्द
मानिसलाई नभई नहुनेमा मानवीय स्वतन्त्रता पहिलो बनेको छ । यसैकारण जनताद्धारा जनताका लागि जनतामािथ गरिने लोकतान्त्रिक शासन प्रणाली विश्वभर नै अत्यन्त लोकप्रिय बन्दै गएको छ । निरंकुश र तानाशाही शासन प्रणालीमा रहेका मुलुकहरुमा लोकतान्त्रिक शासन प्रणालीका लागि विभिन्न आन्दोलन सञ्चालन गर्ने प्रचलन जनतामा बढ्दै गएको छ ।
तर पाकिस्तानको शासन व्यवस्था भिन्न प्रकारको छ । यो देश अस्तित्वमा आएदेखि नै यहा“ जस्तोसुकै शासन प्रणाली भए पनि त्यहा“ सरकार, प्रशासन तथा बुद्धिजीवी वर्गमाथि समेत शासन गर्ने हस्ती सेना रहेको छ र अर्को ठूलो बिडम्बना के छ भने सेनाको उद्देश्यस“ग जेहाद जोडिएको छ । यो जेहाद पनि आतंकवादी तथा कट्टरपन्थीहरुद्धारा परिभाषित जेहाद हो । यस जेहादस“ग इस्लाम वा कुरानस“ग कुनै मेल छैन । अफगानिस्तानमा तत्कालिन सोभियत संघका गतिविधिको बेलादेखि पाकिस्तानी सेनाको शक्ति र चरित्रमा कयौं चिन्ताजनक परिवर्तन आएको छ । उक्त समयदेखि पाकिस्तानी सेनाले जेहादका नाममा आतंकवादी गतिविधि गर्ने संगठनहरुस“ग घनिष्ट सम्बन्ध बनाउने गरेको छ । कयौं सन्दर्भमा त उसले यी संगठनलाई बलियो बनाउने प्रत्यक्ष रुपमै अनेकौ किसिमको सहयोग गरेको दृष्टान्त छ र त्यही बेलादेखि पाकिस्तानी सेनाको जेहादीकरण चिन्ताको विषय बन्न पुगेको भए पनि त्यसपछिका दिनमा कट्टरपन्थी एवं आतंकवादी संगठनहरुस“ग उसको गोप्य सा“ठगा“ठले स्थितिलाई झनै खतरनाक बनाएको सर्वबिदित छ । समाजमा सैनिक बर्चश्व रहेकोले पाकिस्तानी समाज पनि त्यस दोषबाट ग्रस्त हुदै गयो । यसै होडबाजीले त्यहा“ लोकतान्त्रिक उदारवादी चिन्तनलाई कहिल्यै फस्टाउन दिएन । विगत कयौं दशकदेखि पाकिस्तानको भूमिमा किसिम किसिमका जेहादी संगठनहरुले प्रत्यक्ष अप्रत्यक्ष प्रशिक्षण शिविर चलाइरहेका छन् । अन्तर्राष्ट्रिय दबाब बढेपछि यी संगठनका नितान्त खुला गतिविधि यताको दिनमा अनेकौ बहानाको लबेदा पहिराएर भइरहेका छन् ।
यी संगठनहरुमा कलिला किशोर किशोरीलाई भर्ना गरिन्छ र उनीहरुलाई पूर्ण रुपमा धर्मान्ध बनाएर कश्मीरदेखि पश्चिमी राष्ट्र एवं चेचेन्यामा तथाकथित जेहादी कारवाही अर्थात आतंकवादी गतिविधि गर्न पठाइन्छ । पाकिस्तानी सेना र विशेष गरी सैन्य गुप्तचर संस्था आइएसआइले उनीहरुलाई सहयोग गर्नुका साथै आवश्यकता अनुरुप आन्तरिक एवं बाह्य रुपमा उनीहरुको प्रयोग गर्दछ । कारगिलमा भारत विरुद्ध आतंकवादी घात गर्दा ठूलो संख्यामा यिनीहरुको प्रयोग गरिएको थियो ।
तत्कालिन सैनिक शासक जनरल परवेज मुशर्रफले जननिर्वाचित प्रधानमन्त्री नवाज शरीफको त्यस बेला सत्ता हत्याउदा जेहादी संगठनहरुले मुशर्रफका पक्षमा व्यापक प्रचारबाजी गरेका थिए ।
पाकिस्तानी सेना र जेहादीहरुको मुख्य निशाना भने भारत नै रहने गरेको छ । अतः दुई देशबीच वार्ताको कुरा पटकपटक उठे पनि उनीहरु भारतस“ग कुनै सार्थक सवादको विरोधी रहेको यथार्थ वार्ता अवधिमै उनीहरुबाट गरिएका हिंसात्मक क्रियाकलापले स्पष्ट हुन्छ । पाकिस्तानद्धारा शान्ति वार्ताकालागि देखाइने जिज्ञासाले मूर्त रुप लिन नसक्नुको प्रमुख कारण यही नै हो भन्दा अतिश्योक्ति नहोला । भारतीय सुरक्षा सतर्कतालाई खुकुलो पार्नका निमित्त समय समयमा पाकिस्तानद्धारा यस्ता प्रचारबाजी भने गरिन्छ । तथाकथित जेहादी नाइकेहरुले सक्कली वार्ताले तथाकथित जेहादलाई क्षति पु¥याउने हुदा उनीहरुलाई किमार्थ स्वीकार नरहेको पटकपटक खुलस्त रुपमै भन्ने गरेका छन । उनीहरुको भनाइ के छ भने कश्मीरलाई मात्र नभएर पूरा भारत र सारा संसारलाई काफिर (धर्मशत्रु) बाट खाली गराउनुपर्छ ।
केही पत्रकारहरु तर्क दिन्छन्, जेहादी नाइकेहरुको जनतामा त्यति पकड छैन । तर त्यहा“ प्रधानमन्त्रीलाई अपदस्थ गरी देश निकाला गर्नेसम्मको उनीहरुको पकड त देखिई नै सकियो ।
यसकारण भारतस“गको विवाद समाधानका लागि पाकिस्तानभित्र गहिराइसम्म जरो गाडिसकेको इस्लामिक कट्टरपन्थको अन्त्य जरुरी छ । यसका निमित्त त्यहा“का बुद्धिजीवीहरुले ठूलो क्रान्ति नै गर्नुपर्ने हुन्छ । तर पाकिस्तानको विभिन्न प्रान्तका बासिन्दाबीच सामाजिक, आर्थिक र मनोवैज्ञानिक अन्तर्विरोध निकै बाक्लो रहेको छ । त्यसकारण बुद्धिजीवीबीच पनि ठूलो खाडल छ । तर यसतर्पm पाकिस्तानी शासकहरुले कहिल्यै गम्भीर भएर सोचेनन् । पाकिस्तानी शासकहले भारत विरोधलाई नै आप्mनो सत्ता टिकाउने मूल हतियार बनाउने गरेका छन् । त्यस बुनियादी भावनालाई पाकिस्तानी शासकहरुले समय समयमा खुलस्त रुपमै व्यक्त गर्ने गरेका छन् । यस कारण बेला बेला भारत पाकिस्तानबीच सौहार्द कायम गर्न अग्रसर हुने बुद्धिजीवीहरुले आपैmस“ग सोध्नुपर्छ । पाकिस्तानी सत्ता वा सेनाले भारतमाथि कारगिल जस्तो घात गर्दा उनीहरु न्यायोचित विरोधमा किन उत्रिदैनन् ? भारतीय विमान अपहरण र त्यसका यात्रुको हत्या गर्नेहरु पाकिस्तानमा घुमिघुमि भाषण गर्दा कुनै हीरो जस्तै उनीहरुको स्वागत सत्कार गरिदा त्यहाका पत्रकार, कलाकार, लेखक, समाचार विश्लेषक किन मुखमा र कलममा ताला लगाएर बस्छन् ? उनहिरुको मौनताले त्यस्तो अमानबीय कृत्यलाई झन प्रोत्साहन दिदैन ?
सत्यता के हो भने छल र बल प्रयोगमा पराजित भएपछि आप्mनो छवि सुधार्नका लागि पाकिस्तानी शासकहरुले आप्mना उदारे छवि भएका शायर, पत्रकार, कलाकार, खेलाडी आदिलाई वार्ताको वातावरण निर्माणका निम्ति भारत पठाउने गरेका छन् । यसमा भारतले तदारुकता नदेखाए भारतीय सरकारलाई पनि समान किसिमको दोषी ठहराउन सकिने दाउ पनि पाकिस्तानको हुन्छ । यसरी अन्तर्राष्ट्रिय मञ्चमा समस्यालाई गञ्जागोल पार्न पाकिस्तानलाई सुविधा प्राप्त हुन्छ । सार्थक वार्ताप्रति पाकिस्तानमा इमानदारीको खा“चो छ । जबजब वार्ता निश्कर्षको मार्गमा अघि बढछ कुनै न कुनै ठूलो आतंकवादी आक्रमण भारतमाथि गरिन्छ । पाकिस्तान सरकारका कुनै पदाधिकारीले अगाडि बढने साहस गरे पनि तकालै खुट्टा तानिन्छ । अशान्तिको यस कारकलाई पाकिस्तानी राज्य संयन्त्र र शान्तिका हिमायतीले पहिचान गरी त्यसमाथि नियन्त्रण नगरेसम्म कसैको केही लाग्दैन । आतंकवाद र हिसाले कसैको भलो गर्दैन । यस बाटोलाई अपनाउदा आज स्वयं पाकिस्तान अन्त्यहीन हिंसाको भूमरीमा फसेको छ ।

Share.

Leave A Reply