सुन्दर र स्वस्थ छालाको लागि प्राकृतिक उपचार

0

बजारमा पाइने अधिकांश सौन्दर्य प्रशाधनले छालालाई फाइदा र नोक्सान दुवै पुर्‍याइ रहेको हुन्छ । अझ फाइदा भन्दा बढी नोक्सान पुर्‍याइ रहेको हुन्छ । तर प्राकृतिक सौन्दर्य प्रशाधनको सही ढंगले प्रयोग गरिए त्यसले छालालाई कुनै नोक्सान पुर्‍याउदैन । बरु प्राकृतिक रुपले नै छालालाई स्वस्थ र सुन्दर बनाउनुका साथै छालालाई बढदो उमेरको असरबाट पनि जोगाउछ ।
गोलभेडा : अनुहारमा गोलभेडाको पेष्ट लगाएर पाँच मिनेट राख्नुस् । त्यसपछि पखाल्ुनस् ।
केरा : केराको पेष्ट लगाएर अनुहारको मसाज गर्नुस् । ३ मिनेटपछि पखाल्नुस् ।
मेवा : भिटामीन ए र एन्टीआक्सीडेन्ट प्रयाप्त मात्रामा पाइने हुदा मेवाले बढदो उमेरको प्रभावलाई रोक्न मद्दत गर्छ । मेवाको पेष्ट बनाएर अनुहारमा मसाज गर्नुस् र पाँच मिनेट पछि पखाल्ुनस् ।
बेसार र चन्दन : बेसारमा एन्टी बायोटिक गुण हुन्छ र चन्दनले छालालाई शितलता प्रदान गर्नुका साथै ग्लो पनि दिन्छ । एक चम्चा दूधमा चन्दन र अलिकति बेसार पाउडर मिलाएर अनुहारमा लगाउनुस् ३ मिनेट पछि पखाल्ुनस् ।
अण्डा र काचो दूध : प्रोटिनले छालालाई स्वस्थ र चहकिलो बनाउन मद्दत गर्छ । एउटा अण्डामा अलिकति काचो दूध मिलाएर फेट्नुस् । अनुहारमा लगाएर दुई मिनेटपछि पखाल्ुनस् ।
सुन्तलाको बोक्रा : सुन्तलाको सुकेको बोक्राको पाउडर बनाएर त्यसमा अलिकति काचो दूध र मह मिलाएर अनुहारमा लगाएर मसाज गर्नुस् । २ मिनेट पछि पखाल्नुस् । अनुहार सफा हुनुका साथै अनुहारका दाग आदि पनि हट्छन्
आलु : आलु बढदो उमेरको असर कम गर्न र रंग सफा गर्न सहयोगी हुन्छ । आलुको रस अनुहारमा लगाएर सुखेपछि पखाल्नुस् ।
ग्रीन टी : ग्रीन टीमा प्रयाप्त मात्रामा एन्टी आक्सिडेन्ट हुन्छन् । जसले छालालाई स्वस्थ र जवान बनाइ राख्न मद्दत गर्छ । ग्रीन टीको पानी अनुहारमा लगाउनुस् ग्रीन टी पिउनाले पनि फाइदा हुन्छ ।
कांक्रो : कांक्रोमा पनि एन्टी आक्सिडेन्ट प्रयाप्त मात्रामा हुन्छ । हप्तामा दुई पटक अनुहारमा कांक्रोको रस लगाउनुस् । सुखेपछि पखाल्नुस् ।
कागती र मह : कागतीमा भिटामीन सी र महमा एन्टी आक्सिडेन्ट प्रयाप्त मात्रामा पाइन्छ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउनुस् । हल्का मसाज गरेर अनुहार पखाल्नुस् ।

Share.

Leave A Reply