स्वर्ण वर्ष छात्रवृत्ति प्रदान

0

भारत सरकारले नेपाल भारत सम्बन्धको स्वर्ण वर्ष पुगेको उपलक्ष्यमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ प्राप्त गर्ने नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिको प्रमाणपत्र वितरण गरेको छ ।
नेपाल भारत सम्बन्ध स्थापना भएको पचास वर्ष पुगेको उपलक्ष्यमा भारत सरकारले २००२ मा स्थापना गरेको सो छात्रवृत्ति प्राप्त गर्ने २०० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । सन् २००२ मा भारत सरकारले प्रत्येक वर्ष ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिन सुरु गरेको थियो । सन् २००७ देखि एक सय र सन् २०१२ देखि २०० विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएको छ

golden
भारत सरकारले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि मासिक ४ हजार रुपैया, बीई बीएस्सी, बीए र बीबीएस अध्ययन गर्ने विद्यार्थीलाई चीन हजार रुपैया प्रदान गर्दै आएको छ । उनीहरूलाई शिक्षामन्त्री धनिराम पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायले छात्रवृत्तिको प्रमाणपत्र प्रदान गरेका हुन् । भारत सरकारले राजदूतावासमार्फत तीन हजार बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको भारतीय दूतावासले जनाएको छ । त्यस्तै पूर्वगोर्खा सैनिकका सन्तानलाई समेत भारत सरकारले भारतीय दूतावासमार्फत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Share.

Leave A Reply